रुपन्देहीमा तीन लाख २५ हजारका अवैध सामान बरामद

Ujyalosandeshonline 12435+ समाचार ( )
२१ श्रावण २०८३, बिहीबार

भैरहवा । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले अवैध रूपमा भन्सार छली ल्याइएका करिब रु तीन लाख २५ हजार मूल्य बराबरका विभिन्न सामान बरामद गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–१ सेमरपानीमा आज बिहान ६:१५ बजे खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, कस्मेटिक तथा किराना सामानहरू बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले ती सामान बरामद गरेको हो । बरामद गरिएका सामानहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार