मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न भइरहेको आन्दोलनप्रति नेकपा एस सिद्धार्थनगरको ऐक्यवद्धता

Ujyalosandeshonline 12441+ समाचार ( )
४ पौष २०८०, बुधवार

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भइरहेको आन्दोलनप्रति ऐक्वयद्धता जनाएको छ । विमानस्थल पूर्ण सञ्चालनका लागि शान्तिपूर्ण जनदबाब याली तथा विरोध प्रदर्शन कार्यक्रमलाई पूर्ण साथ र सहयोग रहने नेकपा (एस) सिद्धार्थनगरले जनाएको छ । बुधबार विज्ञप्ती जारी गर्दै पार्टीले विमानस्थल सञ्चालनका लागि चाहिने हरेक पूर्वाधार तथा निकाय स्थापना गर्न माग गरेको छ ।

नेकपा (एस) सिद्धार्थनगरका अध्यक्ष शार्दुल मयुर कसौधनले जनताले तिरेको करबाट अरबौं लगनी भएर निर्माण भएको विमानस्थल र यसको आशमा निजी क्षेत्रबाट भएका अरबौं लगानीका संरचनाहरु प्रयोगबिहीन बन्नु एकदमै गम्भिर विषय भएको बताए । उनले भने, ‘विमानस्थल पूर्ण रुपमा सञ्चालनको लागि माग गर्दछौं । ’ उनले सिद्धार्थ सञ्जाल, रुपन्देहीले गर्ने आन्दोलनका हरेक कार्यक्रममा पार्टीको सक्रिय सहभागीता रहने बताए । विमानस्थल सञ्चालनको लागि सरकारले कुनै कदम नचालेकोप्रति नेकपा (एस) सिद्धार्थनगरको गम्भिर ध्यानार्कषण भएको नगर अध्यक्ष कसौधनले बताए । 

‘देशमा संघीयता आइसकेपछि केन्द्रमा रहेका सुविधाहरु विकेन्द्रीकरण हुनुपर्नेमा यी सुविधाहरु मोफसलमा ल्याउन नसक्नु सबैभन्दा ठूलो कमजोरी भएको हामीले औल्याएका छौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता मोफसलमा अरबौं लगानी भएर निर्माण भएको संरचनाहरुबाट लाभ लिएर राष्ट्रको विकासलाई गति दिन नेपाल सरकारले ठोस कदम चाल्न जरुरी देखिन्छ, ’विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार