मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

स्वास्थ्य संस्थाहरूलाई मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न निर्देशन

Ujyalosandeshonline 12547+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सरकारद्वारा निर्धारण गरिएका नीति, नियम र मापदण्डहरूको पूर्ण रूपमा पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

राप्ती लाइफ केयर हस्पिटल प्रा.लि. मोतिपुरको भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्र अति संवेदनशील भएको उल्लेख गर्दै सरकारले निर्धारण गरेका मापदण्डहरूको पालनामा जोड दिए । ‘यो अस्पतालले नीति, नियम, मापदण्ड पालना गरेको कुरा प्रतिवेदनबाट जान्न पाइयो ।

भविष्यमा पनि सरकारले बनाएको मापदण्ड अनुसार नै अघि बढ्नेछ’उनले भने–‘जति पनि अन्य स्वास्थ्य संस्था छन तिनले पनि मापदण्ड पूर्ण पालना गर्न जरुरी छ ।’उनले प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राख्दै सर्वसुलभ र सबै नागरिकको पहुँचमा पुर्याउने नीति लिएको बताए । उपचार सेवा मात्र होइन, स्वास्थ्य र सन्तुलित जीवनशैलीका लागि सरकारको प्राथमिकतामा राखिएको उनले उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले भने, ‘स्वास्थ्य क्षेत्र प्रत्येक नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो । त्यसैले राज्यका नीति, नियम र मापदण्डको पूर्ण पालना गर्दै निजी क्षेत्रका अस्पतालहरू अघि बढ्नुपर्छ । प्रदेश सरकार निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति लिँदैन, बरु हातेमालो गर्दै अगाडि बढ्ने नीति अवलम्बन गर्छ । निजी क्षेत्रबाट हुने लगानीलाई सुरक्षित राख्दै, नियमनका माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार प्रतिबद्ध छ ।’

भवन उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, नागरिक अगुवा, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार