मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

मर्चवारीमाई आधारभूत स्वास्थ्य केन्द्रमा विभिन्न उपरण हस्तान्तरण

Ujyalosandeshonline 12342+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

मर्चवार । मर्चवारीमाई आधारभूत स्वास्थ्य केन्द्रमा विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको छ । कोटहीमाई ६ स्थित उक्त स्वास्थ्य चौकीमा सम्पन्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण तथा बहिरंग उपचार सेवा शुभारम्भ कार्यक्रममा कुपोषण चेकजाँच तथा उपचार तथा अभिलेखीकरणमा प्रयोग हुने विभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

हेलन किलर (आइएनटीएल), सेतो गुँरास बाल बिकास सेवा रुपन्देही र कोटहीमाई गाउँपालिका, रुपन्देहीको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले उक्त सामानहरु हस्तान्तरण गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष यादवले कुपोषण रोग अधिकांस रुपले बच्चा मै देखिने भएकोले यस प्रति अभिभावकहरुले चनाखो हुनुपर्ने बताइन् । कुपोषण रोग प्रति चासो दिएर त्यसलाई न्यूनिकरण गर्न खटेका हेलन किलर तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देही तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद ब्यक्त गरेकी थिइन् । 

कार्यक्रममा प्रशिक्षण गर्दै मर्चवारीमाई आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज जितेन्द्र यादवले कुपोषण रोग कसरी पहिचान गर्ने, बालबालिकाको हेरचाह कसरी गर्ने, यसबारे टोलमा कसरी सचेतना फैलाउने, कुपोषण रोग न्युनिकरणमा विभिन्न सामाग्रीको प्रयोग कसरी गर्ने लगायतकाबारे सहभागीहरुलाई प्रशिक्षण गरेका थिए । 

पोषण रुपान्तरण कार्यक्रम कोटहीमाई गाउँपालिकाको प्रत्येक स्वास्थ्य चौकीमा संचालन हुने कार्यक्रमका सामुदायिक सहजकार्ता अनिल कुमार माझीले बताए ।   यो कार्यक्रमबाट सक्रौन पकडी स्वास्थ्य चौकी, मर्यादपुर स्वास्थ्य चौकी, सिपवा स्वास्थ्य चौकी तथा मझगावाँ स्वास्थ्य चौकीमा पोषण रोगको उपचार गर्न बहिरंगा उपचार सेवा केन्द्र संचालन हुने कार्यक्रमका सामुदायिक सहजकार्ता माझीले बताए । बालबालिकाले खानेकुरामा जंगफुड बढदो क्रमले कुपोषण रोग बढीरहेको माझीले बताए । बालबालिकाको खानपान तथा स्याहरसुसारमा सचेत नहुनुले बालबालिका हरेक कुराको सकारात्मक विकासमा बाधा भइरहेको माझीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार