मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नारा सहित राष्ट्रिय कोदो दिवस मनाइँदै

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं । सरकारले पहिलो पटक यसै वर्षदेखि पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ । कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नारा सहित सरकारले आज कोदो दिवस मनाउन लागेको हो । चाँगुनारायण नगरपालिका, ताथली, भक्तपुरमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा कोदो रोपाइँ गरी दिवस मनाउन लागिएको हो ।

साना किसानको आय आर्जन वढाउन, खाद्य तथा पोषण सुरक्षा गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउदै खाद्य प्रणालीको रुपान्तरण गर्न कोदोजन्य बालीको महत्वपूर्ण भूमिका रहने सरकारको बुझाइ छ ।

त्यसकारण राष्ट्रियस्तरमा कोदोजन्य बालीको महत्व र भूमिका लाई थप उजागर गरि खेती विस्तार र प्रवद्र्धनमा संयुक्त प्रयासहरु केन्द्रित गर्न यसै बर्ष देखि राष्ट्रिय कोदो दिवस मनाउन लागिएको कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जजेलले बताए । उनका अनुसार विगतमा खाद्य सुरक्षा तथा पोषणको महत्वपूर्ण आधारको रूपमा रहेको भएतापनि पछिल्लो समय कोदोजन्य बालीहरूको उत्पादन तथा उपभोग घट्दै गइरहेको छ ।

‘नेपालको अधिकांश खेतीयोग्य जमिन एवं जलवायु कोदोजन्य बालीको खेतीको लागि प्रायः उपयुक्त नै देखिन्छ । जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि अन्य बालीहरूको तुलनामा कोदोजन्य बालीहरू बढी उपयुक्त छन् । यी कम कार्बन उत्सर्जन गर्ने बालीहरूको वर्गमा पर्छन,’ उनले भने ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आव २०८०÷८१ को तथ्याङ्क अनुसार २ लाख २४ हजार ९३५ हेक्टर जमिनमा कोदोजन्य बालीको खेती गरिएको थियो । जसमा ३ लाख ७३२ मेट्रिक टन कोदो उत्पादन भएको थियो ।

हालको अवस्थामा कोदोजन्य बालीको उत्पादकत्व १. ३३ मेट्रिक टन प्रति हेक्टर रहेको छ । कोदोजन्य बालीहरुमा उन्नत प्रबिधिको प्रयोग, सिचाई, मलखादको व्यवस्था गर्न सकेमा कोदोजन्य बालीहरुको उत्पादन तथा उत्पादकत्व बढाउन सकिने प्रवल सम्भावना रहेको विभाग द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रुपमा मनाउने घोषणा गरे अनुरुप नेपालमा पनि विभिन्न गतिविधिहरु सञ्चालन गरि अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाइएको थियो । त्यसपछि बिभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं सञ्चार माध्यमबाट भएको प्रचारप्रसार तथा स्वास्थ प्रति सचेतनाको कारण कोदोजन्य उत्पादनको बढ्दो मागसँगै आयात पनि बढ्दै गएको देखिन्छ ।

भन्सार बिभागको पछिल्लो तथ्याङ्क अनुसार गत आव २०८१÷८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य बस्तु आयात भएको छ । सोही बर्ष नेपालले ९४ लाख ७ हजार बराबरको ७० मेट्रिक टन कोदोजन्य उत्पादनको निर्यात भएको गरेको भन्सारको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार