मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

संघीयता कार्यान्वयन गर्न नसकेकोमा हामीले माफी माग्नुपर्छ : जनार्दन शर्मा

Ujyalosandeshonline 12208+ समाचार ( )
४ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक दलहरुको कमजोरीको कारण संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सबैको अगाडि माफी माग्नुपर्ने भन्दै संलग्न राजनीतिक दलहरुको कमजोरीको कारण संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा हुनपर्ने काम नभएको बताए । 

उनले भने, ‘मैले तपाईहरुको अगाडि माफि माग्नुपर्छ, म र म जस्तै संलग्न राजनीतिक दलहरुको कमजोरीको कारण अहिले पनि संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा काम भइरहेको छैन् । स्थानीयका अधिकारहरुलाई कार्यान्वयन गर्नका लागि आवश्यक कानून वा प्रदेशका लागि आवश्यक कानून बन्दा पनि हस्तान्तरण भएका छैनन् । प्रदेश प्रहरीको व्यवस्था गरेका छौ तर जो प्रधानमन्त्री भएपनि त्यस्तो अधिकार दिदैँन् आफैसँग राख्न चाहन्छ ।’

यस्तै, उनले संघीयताप्रति ध्यान नगएको भन्दै नेपालमा अरु सबै परिवर्तन तिव्र रुपमा हुने तर संघीयता कार्यान्वयन नभएको बताए । उनले भने, ‘संघीयताप्रति अलिकति ध्यान नगएको हो की जस्तो लागिरहेको छ । धेरै ऐनहरु बनेको छैन् । संघीयतालाई कार्यान्वयन गर्न महत्वपूर्ण ऐन नबन्दा पूर्णता प्राप्त गरेको छैन् । नेपालमा अरु सबै परिवर्तन तिव्र रुपमा हुन्छ तर यसको कार्यान्वयन हुन सकेको छैन् ।’ 

यसको साथै, सामाजिक विभेदहरुका विरुद्ध लड्नुपर्ने आवश्यकता महशुस भएर जनयुद्धको सुरुवात भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार