मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

अस्पताल शिलान्यास कार्यक्रममा मुख्यमन्त्री आचार्यकाे सम्बाेधन : प्रदेशवासिका लागि गाैरवकाे क्षण

Ujyalosandeshonline 11005+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल शिलान्यास समाराेह लुम्बिनी प्रदेशकाे लागि खुसीकाे क्षण भएको बताउनु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले प्रदेश बासिका लागि गाैरवपूर्ण क्षण भएकाले खुसि वाड्नु भएको हाे । प्रादेशिक अस्पताल निर्माणकाे प्रक्रिया २०७६ सालबाट सुरु भएको जानकारी दिदै उहाँले प्रदेशका नागरिककाे गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न प्रदेश सरकार दृढ रहेकाे बताउनु भयाे ।` विधिवत रुपमा अस्पताल बनाउन सुरु गरेका छाैं ।

यहाँ प्राप्त सुझावलाई प्रदेश सरकारले आत्मसात गर्छ । याे आयाेजनालाइ उच्च प्राथमिकमा राखेर प्रदेश सरकारले चालु आर्थिक बर्षमा १ अर्ब ८० कराेडकाे बजेट राखेका छाैं´उहाँले भन्नुभयाे-`प्रदेश सरकारले २४ अर्ब पुजिगत बजेटमा अस्पताल बाहेक ५ अर्ब ६५ कराेड रुपैयाँ बजेट रुपन्देही जिल्लामा बिनियाेजन गरेकाे छ । अव बजेटकाे सहि कार्यान्वयन आवश्यकता छ । बजेटकाे सहि कार्यान्वयन गर्न नागरिकतहकाे खबरदारी जरुरी छ । जनताकाे निगरानी आवश्यक छ ।´

प्रदेश सरकारले रुपन्देही र बुटवल नगरिलाइ उच्च प्राथमिकतामा राखेर आर्थिक हव बनाउनेगरी महत्त्वपूर्ण याेजना अघि बढाएको स्पष्ट पार्नु भएको छ । लुम्बिनी प्रदेशकाे प्रशासनिक क्षेत्र राप्ती उपत्यका देउखुरीमा १ बर्ष भित्र १० वटा भवन सम्पन्न भएपछि बाँकी कार्यालय स्थानान्तरण गर्ने तर, अहिले हतार नगर्ने पनि स्पष्ट पार्नु भएको छ ।`रुपन्देहीलाई आर्थिक हवकाे रुपमा विकास गर्ने छाैं । तिनाउ करिडाेरमा नदि सभ्यतामा आधारित शहर निर्माण गर्ने छाैं । लुम्बिनी प्रदेशकाे पवित्र भूमिमा बाैद्दिक सर्किट निर्माण गर्नेछौं´उहाँले भन्नुभयाे-´लुम्बिनी प्रादेशिक अस्पतालकाे निर्माण समय अघिनै सम्पन्न हुने छ । हामी विश्वस्त छाैं ।´

संघिय सरकारबाट गत बर्ष समानिकरण शिर्षकमा बजेट प्राप्त नहुदा झण्डै साढे २ अर्ब बजेट दायित्व प्रदेश सरकारलाई थपिएको भन्दै संघीय सरकारले बजेट पठाउनुपर्नेमा जाेड दिनुभयाे ।पाँच वटा मध्य चार वटा गाैरवका आयाेजनाकाे काम अघि बढेकाे छ । संघीय सरकारकाे साथ सहयाेग प्रदेश सरकारलाई चाहिएकाे छ´उहाँले भन्नुभयाे- गत बर्षकाे घाटापुर्ति गर्न संघीय सरकारले ध्यान दिनुपर्ने छ । घाटापुर्ति भएन भने प्रदेशका गाैरवका आयाेजना अप्ठ्यारोमा पर्ने जाेखिम रहन्छ ।´ प्रदेशमा  थालनि भएका गाैरवका याेजनालाइ प्रदेशसरकारले ध्यान दिने भनाइ उहाँकाे छ ।

प्रदेश सरकार सुशासन र जवाफदेहीमा राम्रो अभ्यास थालेकाे  जानकारी दिदै उहाँले प्रदेश सरकार नागरिककाे सुझावकाे आधारमा अघि बढेकाे स्पष्ट समेत पार्नु भएको छ । शनिबार नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पाैडेलले अस्पताल भवनका शिलान्यास गर्नु भएको थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार