अर्घाखाँचीमा युवा संघद्वारा टुँडिखेल सरसफाई

अनिल नेपाली 141+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल, अर्घाखाँचीले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सदरमुकाम सन्धिखर्कस्थित टुँडिखेलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । "दिगो विकास र सुनौलो भविष्यको सार, स्थानीय युवाको सहभागिता समृद्धिका आधार" भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम डेङ्गु नियन्त्रणमा केन्द्रित रहेको थियो ।

संघका जिल्ला अध्यक्ष ऋषिराम पन्थीका अनुसार, डेङ्गुको बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सरसफाई अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्रकुमार क्षेत्री र जनार्दन खनाल, जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायत प्रदेश तथा जिल्ला तहका नेताहरू र राष्ट्रिय युवा संघका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार