मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

नेपालमा पहिलो पटक राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविर हुदैँ

Ujyalosandeshonline 12321+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविरको आयोजना हुने भएको छ ।देशलाई नशामुक्त बनाउने लक्ष्य लिएको भगवती मानव कल्याण संगठनले नेपालमा निःशुल्क नशामुक्ति शिविरको आयोजना गरेको हो । 

शिविर आगामी जेठ २ र ३ गते काठमाडौ स्थित पशुपति मन्दिर परिसरको पार्किङ ग्राउण्डमा हुने आयोजक भगवती मानव कल्याण संगठनले जानकारी दिएको छ । कार्यक्रमको पहिलो दिन विहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको छ । यस्तै दिउँसो २ बजेदेखि ५ बजेसम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुनेछ । यस्तै साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुनेछ । 

यस्तै कार्यक्रमको दोश्रो दिन विहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुनेछ । साथै शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिनेछ । नशाको लत साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने एवम् ठुलो बिमारीमा सहायक सिद्ध हुने शक्तिजल शिविरमा निशुल्क प्राप्त गर्न सकिने छ । 

भगवती मानव कल्याण संगठन एक जनकल्याणकारी आध्यात्मिक संगठन हो जसले समाजमा नशामुक्त, मांशाहार मुक्त, चरित्रवान् चेतनावान्, परोपकारी एवम् पुरुषार्थी समाज निर्माणका साथ जातिभेद, छुवाछुत जस्ता सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ ।

संगठनले नशामुक्ति अभियान ‘नशामुक्त नेपाल समृद्ध नेपाल’ अन्तर्गत ५ हजार भन्दा अधिक व्यक्तिहरुलाई नशामुक्त बनाइसकेको छ भने गत श्रावणबाट शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षारोपण अभियान एक वृक्ष–राष्ट्रको नाममा आम जनसमुदायको सहयोगमा जारी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार