मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

नेपालमा पहिलो पटक राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविर हुदैँ

Ujyalosandeshonline 12612+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविरको आयोजना हुने भएको छ ।देशलाई नशामुक्त बनाउने लक्ष्य लिएको भगवती मानव कल्याण संगठनले नेपालमा निःशुल्क नशामुक्ति शिविरको आयोजना गरेको हो । 

शिविर आगामी जेठ २ र ३ गते काठमाडौ स्थित पशुपति मन्दिर परिसरको पार्किङ ग्राउण्डमा हुने आयोजक भगवती मानव कल्याण संगठनले जानकारी दिएको छ । कार्यक्रमको पहिलो दिन विहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको छ । यस्तै दिउँसो २ बजेदेखि ५ बजेसम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुनेछ । यस्तै साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुनेछ । 

यस्तै कार्यक्रमको दोश्रो दिन विहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुनेछ । साथै शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिनेछ । नशाको लत साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने एवम् ठुलो बिमारीमा सहायक सिद्ध हुने शक्तिजल शिविरमा निशुल्क प्राप्त गर्न सकिने छ । 

भगवती मानव कल्याण संगठन एक जनकल्याणकारी आध्यात्मिक संगठन हो जसले समाजमा नशामुक्त, मांशाहार मुक्त, चरित्रवान् चेतनावान्, परोपकारी एवम् पुरुषार्थी समाज निर्माणका साथ जातिभेद, छुवाछुत जस्ता सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ ।

संगठनले नशामुक्ति अभियान ‘नशामुक्त नेपाल समृद्ध नेपाल’ अन्तर्गत ५ हजार भन्दा अधिक व्यक्तिहरुलाई नशामुक्त बनाइसकेको छ भने गत श्रावणबाट शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षारोपण अभियान एक वृक्ष–राष्ट्रको नाममा आम जनसमुदायको सहयोगमा जारी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार