मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

एकिकृत जाँच चौकीको काम ३० प्रतिशत सम्पन्न
आयोजना छिटो र गुणस्तरिय हुनुपर्ने हाम्रो चासो : पूर्व अर्थमन्त्री पौडेल

Ujyalosandeshonline 12547+ समाचार ( )
१७ माघ २०८०, बुधवार

भैरहवा । भैरहवामा निर्माणाधिन एकिकृत जाँच चौकी (आईसीपी)को काम तिव्र रुपमा भई रहेको छ । जग्गा हस्ताण्तरण भई काम सुरु भएको एक बर्ष भित्र आयोजनाको ३० प्रतिशत भौतिक प्रगति एवम २५ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जानकारी दिएको छ । 

करिब १५ बर्ष अघि नै नेपाल तर्फ जग्गा अधिग्रहण गरिए पनि लामो आईसीपी निर्माणको काम अगाडी बढ्न सकेको थिएन । भारत तर्फ जग्गाको कुरा नमिलेपछि आईसीपी निर्माणमा ढिलाई भईरहेको थियो । भैरहवा भन्सार कार्यालय भन्दा करिब डेढ किलोमिटर पश्चिम तर्फ भारतीय भूमि भारतले अधिग्रहण गरे पछि अहिले दुबै तर्फ आईसीपीको निर्माणले तिव्रता पाएको हो । 

पूर्व अर्थमन्त्री बिष्णु पौडेलले दुई देशको ब्यवसायीक कारोबारको लागि महत्वपूर्ण मानिएका आईसीपीको निर्माण कार्य सन्तोषजनक रुपमा रहेको बताए । बुधबार आईसीपीको अनुगमन गर्दै उनले यो निर्माण काम अलि छिटै सुरु हुने भए पनि भारततर्फ जग्गा अधिग्रहण हुन नसक्दा ढिलो भएको जिकिर गरे । “नेपाल तर्फ र भारत तर्फ जोडिएकै भए अझै बढी ब्यवहारिक हुन्थ्यो ।” उनले भने “जग्गाकै विवादका कारण करिब १ किलोमिटर टाढा भए पनि अहिले कुरा मिल्नु राम्रो हो ।”

उनले आईसीपी निर्माण पछि धेरै प्रकारको भन्सार र ब्यपार प्रणालीलाई सहज बनाउने बताए । पौडेलले आयोजना छिटो र गुणस्तरिय रुपमा अगाडी बढ्नेमा आफ्नो चासो रहने जिकिर गरे । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आयोजनाको काम सन्तोषजनक रुपमा अगाडी बढेका बताए । उनले आयोजनाको भौतिक प्रगति ३० प्रतिशत रहेको बताए । यद्दपी आयोजनालाई निर्माण सामाग्रीको केही समस्या आएको गुनासो आएकोले स्थानिय पालिकाहरुसंगको सहकार्यमा त्यसलाई समाधान गरिएको अर्यालले जानकारी गराए । 

“आयोजना सुरु हुदा भएको सम्झौतामा रोयाल्टी छुट दिने कुरा भएको रहेछ, त्यो बिषयमा स्थानिय पालिकाहरुको आफ्नै जटिलताहरु रहेको छ ।” अर्यालले भने  “स्थानिय पालिकाले लिएको रोयाल्टीलाई निर्माण ब्यवसायीले नेपाल सरकारबाट सोधभर्ना लिन पाउने गरि ब्यवास्था मिलाईरहेका छौं ।”

आयात–निर्यातलाई एकद्वार प्रणालीमा ल्याएर सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्य आईसीपीको हो । वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जजस्ता चल्तीका नाकामा एकीकृत भन्सार जाँच चौकी निर्माण हुने हो । यी मध्ये बिरगञ्ज र बिराटनगरमा आईसीपी निर्माण भई सञ्चालनमा आईसकेको छन भने नेपालगन्जमा र भैरहवामा निर्माणाधिन अवश्थामा पुगेको हो ।

आईसीपीमा अत्याधुनिक स्क्यानर जडान हुने भएकाले भन्सारमा हुने भएको राजस्व छली र एउटै प्रज्ञापनद्वारा धेरै सामान आयात गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ । 

सबै आईसीपीहरु भारतले नै बनाएर नेपाललाई हस्तान्तरण गर्ने हो । यसर्थ भैरहवामा निर्माण गर्न भारतले भारतीय निर्माण कम्पनी केएसएम वसिर मोहम्मद एण्ड सन्स, लखनउ ले १ अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयामा निर्माणको काम पाएको हो । सम्झौता भएको २ बर्ष भित्र निर्माण काम सम्पन्न गरि नेपाली पक्षलाई बुझाउनु गरि सम्झौता भएको छ । 

३५ दशमलव ११ हेक्टरमा फैलिएको आईसीपीमा आयात तर्फ ६ सय ९२ र निर्यात तर्फ २ सय ७० वटा गरि १ हजार वटा ट्रक पार्किङ्ग गर्न मिल्ने स्थान हुनेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार