मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन

Ujyalosandeshonline 12552+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

गोरखा । गोरखाको पालुङटार नगरपालिकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३१ जना सम्पर्कविहीन भएका छन् । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीबाट ग२ख ११५२ नम्बरको बसमा गोसाइँकुण्ड यात्रामा गएका ३१ यात्रु आज बिहानदेखि सम्पर्कविहीन भएका पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताउनुभयो ।

आज बिहान भोटेकोशीको बाढीको घटनालगत्तैदेखि उनीहरूको अवस्था अज्ञात रहेको पाण्डेले जानकारी दिनुभयो । “यहाँबाट दुईवटा माइक्रो र एउटा बसमा यात्रुहरू गोसाइँकुण्डतर्फ गएका थिए”, उहाँले भन्नुभयो, “हाल दुईवटा माइक्रो बसका यात्रुहरू सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको छ । बसमा सवार ३७ यात्रुमध्ये छ जनाले आफूहरू हामफालेर सुरक्षित रहेको जानकारी गराएका छन् । अन्यको अवस्था अज्ञात छ ।” 

पालुङटारबाट तीर्थ गर्न गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कमा नरहेकोबारे आफूले पनि जानकारी पाएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताउनुभयो । “३७ जना सवार रहेको बसबाट छ जना हामफालेर बचेको बाँकीको अवस्था अज्ञात छ”, प्रजिअ श्रेष्ठले भन्नुभयो, “हामीले यहीअनुसार गृहमन्त्रालय र नुवाकोटसँग समन्वय गरेर सोधखोज गरिरहेका छौँ ।”आज बिहान ९ः०० बजे तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासको क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार