मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

पश्चिम नवलपरासीमा १६ हजार बढी किशोरीलाई एचपीभी खोप

Ujyalosandeshonline 11904+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

परासी । पश्चिम नवलपरासीमा १६ हजार २ सय ९३ किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिका र किशोरीलाई माघ २२ गतेदेखि २८ गतेसम्म खोप अभियान संचालन गर्न लागेको हो । स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा २ सय १ वटा खोप केन्द्रमार्फत खोप अभियान संचालन गर्न लागिएको हो ।

अभियानको विषयमा जानकारी दिन परासीमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत बालिका तथा किशोरी खोप अभियानमा सहाभागी भए पनि विद्यालय बाहिर रहेका ६ सय २४ जना बालिकालाई खोपमा समेट्न पहल गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए । अभियानमा सबैभन्दा धेरै सुनवल नगरपालिकामा ३ हजार ३ सय १७ र सबैभन्दा कम सुस्ता गाउँपालिकामा १ हजार ४ सय २३ जनाले खोप लगाइने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार