मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

भारतीय केराको आयात रोक्नुपर्ने माग गर्दै ज्ञापन पत्र

यज्ञप्रसाद सापकोटा 4+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

बर्दिया । बर्दियाका केरा खेती गर्ने किसानहरूले भारतीय केराको आयातमा रोक लगाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा आगामी मंसिर महिनासम्म केराको आयातमा रोक लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

भारतीय केराको आयात बढेपछि बर्दियामा नेपाली केरा विक्री नहुँदा बर्दियाली किसान मारमा परेका छन् । केरा समयमा विक्री हुन छाडेपछि बर्दियाका किसान भारतीय केराको आयातमा रोक लगाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाएका छन् ।

केराको उत्पादन र विक्री हुने समयमा नै बिक्न छाडेपछि केरा किसानहरूले भारतीय केराको आयातमा मंसिर महिनासम्म पूर्ण रुपमा बन्द गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा भारतको केरामा अत्याधिक बिषादी प्रयोग हुने भएको हुनाले बिषादी परिक्षण गर्नुपर्ने, नेपाली केरा उत्पादन किसानहरूको संरक्षण गर्नुपर्ने, केराको उचित मुल्य तोक्नु पर्ने र व्यवसायिक केरा किसानहरूलाई रासायनिक मल सहज रुपमा उपब्ध गराउनुपर्ने माग गरेका छन् ।

सिजनकै समयमा भारतबाट अत्याधिक केरा आयाता हुन थालेपछि बर्दिया केरा बोट मै कुहिन थालेको केरा खेती गर्ने किसान टिका सम्सेलीले बताए ।

उनले गत बर्ष सहजै विक्री भएको केरा यस बर्ष भारतबाट बढी केरा आएको हुनाले नबिकेको बताए । यस्तै अवस्था रहेमा बर्दियाका केरा खेती गर्ने किसानहरूले केरा मास्नुपर्ने बाध्यता आउन सक्ने बताए ।

बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागु भएपछि करिब पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।

जसमा बार्षिक १५ हजार मेट्रिक टन केरा उत्पादन हुदै आएको छ ।हाल बर्दिया जिल्लामा करिब सात सय  घरपरिवार केरा खेतीमा संलग्न रहेका छन् । बर्दियामा बार्षिक ४० करोड बराबरको केराको कारोबार हुने गरेको केरा व्यवसाय संघ बर्दिया अध्यक्ष टोपलाल बिकले बताए ।

आगामी मंसिर महिनासम्मको लागि बर्दिया कैलाली र बाँकेमा पर्याप्त केरा भएपनि भारतबाट आउँदा नबिकेको अध्यक्ष विकले बताए ।

बर्दियामा हाल केरा खेती बिस्तारसँगै व्यवस्थित हुँदै गएको छ । केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थम्बाबाट रेसा  निकाल्ने उद्योगहरू स्थापना भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार