मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

सप्तरीमा तस्करीका लागि राखिएको १६ लाख बढीको अवैध मदिरा बरामद, तस्कर फरार

Ujyalosandeshonline 12444+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

सप्तरी । जिल्ला प्रहरी कार्यालय, सप्तरीले भारततर्फ तस्करी गर्ने उद्देश्यले गोदाममा लुकाइ राखिएको १६ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध मदिरा बरामद गरेको छ। विशेष सूचनाको आधारमा राजगढ गाउँपालिका–२, कमलपुरस्थित एक गोदाममा छापा मार्दा उक्त परिमाणको मदिरा नियन्त्रणमा लिइएको हो। प्रहरी कारबाहीका क्रममा तस्करहरू भने भाग्न सफल भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीले पत्रकार सम्मेलन आयोजना गरी बरामद गरिएको मदिरा सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक (एसपी) गौतम कुमार केसीका अनुसार, बरामद गरिएको १६ लाख ४५ हजार ९ सय १५ रुपैयाँ बराबरको मदिरामा मामाश्री दिलवाले, कर्णाली गोल्ड, कस्तुरी, किङ्ग फिसर बियर, वृक्ष रक्सी, गोर्खा बियर र अर्ना बियर लगायतका विभिन्न ब्राण्डहरू छन् ।

एसपी केसीले बताएअनुसार, प्रहरी टोली गोदाममा पुग्दा तस्करहरू फरार भइसकेका थिए। उनीहरूले प्रहरीलाई अवरोध गर्ने मनसायले बाटोमा काँटी फाल्ने र खाल्डाखुल्डी बनाउने जस्ता कार्य गरेको समेत पाइएको छ। प्रहरीले तस्करीमा प्रयोग भएका भारतीय नम्बर प्लेटका चारवटा मोटरसाइकल र ३४ वटा साइकल पनि नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सम्पूर्ण मदिरा, मोटरसाइकल र साइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। एसपी केसीले जिल्लामा सबै प्रकारका तस्करी नियन्त्रणका लागि विशेष अभियान चलाइएको र यसले सकारात्मक परिणाम दिएको बताउनुभयो । उनको आगमनसँगै जिल्लामा अवैध सामानको बरामदगी बढेको र तस्करहरूको भागाभाग भएको स्थानीयले बताएका छन्। यद्यपि, खुला सिमाना र भौगोलिक जटिलताका कारण तस्करी नियन्त्रणमा चुनौती कायमै रहेको सुरक्षाकर्मीको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार