मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

लुम्बिनी प्रेस क्लबको सातौ साधारण सभा सम्पन्न

Ujyalosandeshonline 11768+ समाचार ( )
२८ पौष २०८०, शनिबार

भैरहवा । लुम्बिनी प्रेस क्लबको सातौं बार्षिक साधारण सभा शनिबार रोहिणी गाउँपालिका वडा नम्बर २ को गौतम बुद्ध सामुदायिक बनमा सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारहरु आफ्नो पेशा प्रति सधै ईमान्दार भई लाग्नु पर्ने बताए । उनले लुम्बिनी प्रेस क्लब नेपालमै उत्कृष्ट पत्रकारहरुको संस्था भएकोले पनि यसले यस क्षेत्रको समृद्धिका लागि सबै पक्षसंग सहकार्य गर्न आवश्यक रहेको बताए । उनले रोहिणी सभ्यता बुद्धको महत्वपूर्ण क्षेत्र रहेकोले यसको विकासको लागि स्थानिय सरकारले प्रचार प्रसारमा ध्यान दिनु पर्ने सुझाव दिए । 

साधारण सभाको बन्द सत्रमा क्लबका कोषाध्यक्ष राधेश्याम विश्वकर्माले पेश गरेको आर्थिक प्रतिवेदन, महासचिव शंकर प्रसाद पाण्डेले पेश गरेको बार्षिक प्रतिवेदन सभाले पारीत गरेको थियो । 

क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझीको अध्यक्षता, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगर पालिकाका उप–प्रमुख उमा अधिकारी, रुपन्देही प्रहरी प्रमुख भरत बहादुर विश्वकर्मा, शसस्त्र प्रहरी प्रमुख दिपक कुमार थापा, रोहिणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादव, पूर्व अध्यक्ष सनोज कुमार यादव, सिद्धार्थनगर नगर पालिकाका पूर्व प्रमुख हरि प्रसाद अधिकारी, रोहिणी वडा नम्बर २ का वडा अध्यक्ष करम हुसेन खाँन, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । क्लबका महासचिव शंकर प्रसाद पाण्डेको सञ्चालन एवम उपाध्यक्ष श्याम शंकर पाण्डेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार