मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

लुम्बिनी प्रेस क्लबको सातौ साधारण सभा सम्पन्न

Ujyalosandeshonline 12552+ समाचार ( )
२८ पौष २०८०, शनिबार

भैरहवा । लुम्बिनी प्रेस क्लबको सातौं बार्षिक साधारण सभा शनिबार रोहिणी गाउँपालिका वडा नम्बर २ को गौतम बुद्ध सामुदायिक बनमा सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारहरु आफ्नो पेशा प्रति सधै ईमान्दार भई लाग्नु पर्ने बताए । उनले लुम्बिनी प्रेस क्लब नेपालमै उत्कृष्ट पत्रकारहरुको संस्था भएकोले पनि यसले यस क्षेत्रको समृद्धिका लागि सबै पक्षसंग सहकार्य गर्न आवश्यक रहेको बताए । उनले रोहिणी सभ्यता बुद्धको महत्वपूर्ण क्षेत्र रहेकोले यसको विकासको लागि स्थानिय सरकारले प्रचार प्रसारमा ध्यान दिनु पर्ने सुझाव दिए । 

साधारण सभाको बन्द सत्रमा क्लबका कोषाध्यक्ष राधेश्याम विश्वकर्माले पेश गरेको आर्थिक प्रतिवेदन, महासचिव शंकर प्रसाद पाण्डेले पेश गरेको बार्षिक प्रतिवेदन सभाले पारीत गरेको थियो । 

क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझीको अध्यक्षता, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगर पालिकाका उप–प्रमुख उमा अधिकारी, रुपन्देही प्रहरी प्रमुख भरत बहादुर विश्वकर्मा, शसस्त्र प्रहरी प्रमुख दिपक कुमार थापा, रोहिणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादव, पूर्व अध्यक्ष सनोज कुमार यादव, सिद्धार्थनगर नगर पालिकाका पूर्व प्रमुख हरि प्रसाद अधिकारी, रोहिणी वडा नम्बर २ का वडा अध्यक्ष करम हुसेन खाँन, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । क्लबका महासचिव शंकर प्रसाद पाण्डेको सञ्चालन एवम उपाध्यक्ष श्याम शंकर पाण्डेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार