धकधई । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सञ्चालित निर्वाचन केन्द्रित 'संकल्प यात्रा' रुपन्देही आइपुग्ने भएको छ। राप्रपा रुपन्देहीका अनुसार, जिल्लाका तीनवटा निर्वाचन क्षेत्र परिक्रमा गर्ने यस यात्राको सुरुवात क्षेत्र नम्बर १ अन्तर्गतको देवदहबाट हुनेछ।
यात्राका क्रममा अध्यक्ष लिङ्देनले दिउँसो १:४० बजे खैरेनीमा र ३:०० बजे धकधईमा आयोजना हुने कोणसभालाई सम्बोधन गर्नुहुनेछ। देवदहबाट प्रवेश गरेको यो यात्रा जनभेटघाट गर्दै खैरेनी, सितलनगर, भवनीयापुर, सिक्टन, शंकरपुर, धकधई, पटखौली, सग्रहवा, कान्छी बजार र मंगलापुर हुँदै मणिग्राम पुगेर निर्वाचन क्षेत्र नम्बर २ मा प्रवेश गर्ने कार्यक्रम तय भएको छ।