मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

बम्जनको घरबाट तीन करोड ३३ लाख बढी रकम बरामद

Ujyalosandeshonline 12455+ समाचार ( )
२५ पौष २०८०, बुधवार

काठमाडौं । मंगलबार पक्राउ परेका ‘तपस्वी’ राम बहादुर बम्जनको घरबाट ठूलो सङ्ख्यामा नेपाली तथा विदेशी रुपैयाँ बरामद गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन करोड तीन लाख ७५ हजार पाँचसय रुपैयाँ नेपाली रकम र बिभिन्न १७ देशका मुद्रा बरामद गरेको हो । विदेशी मुद्रा नेपालीमा ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको सीआईबीका एसएसपी दिनेश आचार्य जानकारी दिए ।

२०७६ सालमा सर्लाहीमा एक नाबालिका माथि बलात्कारको आरोपमा बम्जनको खोजी भइरहेकोमा मंगलबार अपरान्ह निजको निवास बुढानिलकण्ठबाट पक्राउ गरिएको आचार्यले जानकारी दिए ।

आचार्यले भने,‘ बाराको निजगढ नगरपालिका-१२ र हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ टनगाउँबाट राम बहादुर बम्जन भन्ने ३४ वर्षीय राम लाल बम्जन पक्राउ गरिएको हो । निजबाट नेपाली रुपैयाँमा जम्मा तीन करोड तीन लाख ७५ हजार पाँचसय रुपैयाँ र बिभिन्न देशको नेपालीमा रुपैयाँमा हेर्दा तीस लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको छ । उनको घरबाट मोबाइल १४ थान, पेनड्राइभ २० थान, आइप्याड ५ थान र निजको साथमा दुईवटा गाडी र चारवटा मोटरसाइकल भेटिएको छ ।’

प्रहरी उपरिक्षक एवम प्रवक्ता नवराज अधिकारीले बम्जनको घरबाट बरामद गरिएका सामग्री र कागजात साथै विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरुका सम्बन्धमा खोजतलास भइरहेको जानकारी दिएका छन् ।

टनगाउँमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको र त्यस क्रममा निज बस्दै आएको घरभित्र प्रवेशगरी पक्राउ गर्नेक्रममा घरको चौथो तलामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको जग्गामा हामफालेर भाग्ने क्रममा पक्राउ गरिएको अधिकारीले जानकारी दिए ।

बम्जनको आश्रमबाट चार अनुयायी बेपत्ता भएको पनि उजुरी आएको उनले जानकारी दिए । बम्जनलाई सर्लाही पठाउने भएको उनले बताए । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी भएको उनले जानकारी दिए ।

बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको आरोपमा उनकी आमाले २०७५ सालमा किटानी जोहरी दिएकी थिइन् । बम्जनमाथि बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनमाथि उजुरी परेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार