मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

`नयाँ वर्षले सबैमा नयाँ सोच, जोश र जाँगर सिर्जना गराेस्´

Ujyalosandeshonline 12441+ समाचार ( )
१ वैशाख २०८२, सोमबार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलारम घर्ती मगरले कानुन निर्माण तथा प्रदेश सभाको कार्य सम्पादनको सन्दर्भमा २०८१ सन्तोषजनक रहेको जनाउनु भएको छ । उहाँले प्रशासनीक संरचनाको महत्वपूर्ण अंग कर्मचारी र त्यससंग सम्वन्धी ऐन तयार गरी कार्यान्वयनमा ल्याउनु, संघीय संरचनाको लागि नीति तथा आवस्यक कानुन बनाई कार्यान्वयन हुनु पनि सफलताको विषय रहेको जनाउनु भएको हो ।

नयाँ बर्ष २०८२ को पावन अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नु हुँदै सभामुख घर्ती मगरले प्रदेश नितान्त नयाँ संरचना भएता पनि प्रदेशबासी जनताको साथ सहयोग र विश्वासले लुम्विनी प्रदेश जनमानसमा छिट्टै स्थापित हुन महत्वपूर्ण उपलव्धी भएको जनाउनु भएको छ।

"महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, विभिन्न चरणका आन्दोलन, संघर्ष र क्रान्तिबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था माथी नै गम्भीर प्रश्न उठिरहेको अवस्थामा यसको रक्षा र विकासमा सबैको चासो, चिन्ता, साथ र सहकार्य आवश्यक छ ।" उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ-  "संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अरु हुन सक्दैन ।

यो नै नेपाली जनताको विचार र भावना बोकेको व्यवस्था हो ।" संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वय गदै जनाताको जनजीविकालाई समेत सम्वोधन गर्नु पर्ने सभामुखले खाचो औल्याउनु भएको छ । उहाँले संघीयता कार्यान्वयनका लागी बनाईएका नीति, ऐन, कानून कार्यान्वयनलाई उच्च प्राथमिकता दिदै जनजीविका र जनसरोकारका विषयलाई समेट्न आर्थिक संमृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सन्दर्भमा नीतिगत पहल कदमी लिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

लुम्बिनी प्रदेश सभा प्रदेशलाई आवश्यक पर्ने नीतिगत र कानुनी संरचना निर्माणको दृष्टीले निकै महत्वपूर्ण काम गरेको उल्लेख गर्नुहुदै प्रदेश सभाले निर्माण गरेका कानुनलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्नु पर्ने दायित्व रहेको सन्देशमा उल्लेख गर्नु भएको छ ।

"कानुन  कार्यान्वयनको अवस्थाको विषयमा प्रदेश सभाबाट अध्ययन परिक्षण भईरहेको छ । " शुभकामना सन्देशमा उल्लेख छ- " कानुन बनाएर मात्र हुदैन, प्रभावकारी कार्यन्वयन भएन भने त्यसको कुनै सार्थकता रहदैंन भन्नेमा हामी स्पष्ट, सचेत र सजक छौं ।" सभामुख घर्ती मगरले नयाँ वर्षले हामी सबैमा नयाँ सोच, थप जोश, जाँगर सिर्जना गरी लुम्बिनी प्रदेशलाई समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार