मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

कोशी सरकार ढल्दैन : मुख्यमन्त्री कार्की

Ujyalosandeshonline 12441+ समाचार ( )
२६ फाल्गुन २०८०, शनिबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको सरकार परिवर्तन नहुने बताएका छन् । झापाको बिर्तामोड–३ स्थित बिर्ता बजारमा आज मदरसा तालिमुल कुरानको भवन शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सरकार नढल्ने बताएका हुन् ।

‘पटुवाको सन्ठीले नरिवल घोचे जस्तो कसैले चाहँदैमा घोचेर कोशी प्रदेश सरकार नढल्ने उल्लेख गर्दै उनले भने, ‘सन्ठीले घोच्दा नरिवल झर्दैन ।’ विद्यार्थीलाई सक्षम बनाउने दायित्व प्रदेश सरकारको पनि भएको बताउँदै पढाईमा अब्बल रहेका विद्यार्थीलाई प्रदेश सरकारले पैसा तिरेर पढाउने उल्लेख गरे ।

आर्थिक अवस्थाका कारण अध्ययनबाट बञ्चित बालबालिकालाई प्रदेश सरकारले नै पढाउने वातावरण सिर्जना गर्ने योजना पनि अघि बढाइएको उनको भनाइ छ । त्यस अवसरमा मुख्यमन्त्री कार्कीले भवनको शिलान्यास गरेका थिए । उक्त मदरसा भवन निर्माणका लागि ४८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

४ कठ्ठा १८ धुर जग्गामा निर्माण हुन लागेको भवन कोशी प्रदेश सरकार, झापाका अन्य स्थानीय तह, बिर्तामोड नगर र दाताहरुको सहयोगमा निर्माण गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार