मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ फागुन १६ र १७ मा

Ujyalosandeshonline 12618+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौं संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ फागुनमा गर्ने भएको छ । 

मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालय का प्रवक्ता डन्डुराज घिमिरेले आउने फागुन १६ र १७ गते काठमाडौंमा पाँचौं संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।  

आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगार योग्य वातावरण सिर्जनाका लागि अन्तर–तह÷अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने सम्मेलनका प्रमुख उद्देश्य रहेको उनले जानकारी दिए । 

उनले भने, ‘उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तह÷अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने यो सम्मेलनका प्रमुख उद्देश्य रहनेछन् ।’

उनले वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार वोर्डको सुधारका लागि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनउपर समेत यस सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवद्र्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने पनि जानकारी दिए । 

उनका अनुसार रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्वन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता ÷ विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी यो सम्मेलनमा ५ सय जनाको सहभागिता रहनेछ । 

साथै, स्थानीय तहका जनप्रतिनिधि, रोजगार सेवा केन्द्रका कर्मचारी तथा अन्य सरोकारवालालाई भर्चुअल माध्यमबाट सहभागी गराउन सकिने पनि जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार