मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

राराकप कबड्डी : महिला र पुरुष दुवै उपाधि सुर्खेतलाई

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ वैशाख २०८१, शुक्रबार

मुगु । कर्णाली प्रदेश खेककुद विकास परिषदको आर्थिक सहयोग र मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा रारा तालको किनारमा आयोजित कबड्डी प्रतियोगिताको महिला/पुरुषको दुवैतर्फको उपाधि सुर्खेतले जितेका छ ।

रारा किनारमा पहिलो पटक आयोजना गरिएको कर्णाली प्रदेशस्तरीय रारा कप खुल्ला महिला/पुरुष कबड्डी प्रतियोगिताको महिला/पुरुषको दुवैतर्फको उपाधि सुर्खेत जितेको हो ।

शुक्रवार प्रथम उपाधि लागि भएको फाइनल खेलमा पुरुषतर्फ दैलेखलाई हराउँदै सुर्खेतले उपाधि हात पारेको छ भने महिलातर्फ पनि सल्यानलाई हराउँदै सुर्खेतले प्रथम उपाधि हात पारेको हो ।

फाइनल प्रतियोगितामा पुरुषतर्फ सुर्खेतले ४७ अंक प्राप्त गर्दा दैलेखले २९ मात्र बनाइ उप बिजेता बन्यो । त्यस्तै महिलातर्फ सुर्खेतले २९ अंक प्राप्त गर्दा सल्यानले २७ अंक मात्र प्राप्तगरी उपबिजेता भएको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्र बहादुर मल्लले जानकारी दिए ।

नकआउट विधिबाट खेलाइएको खेलमा पुरुषतर्फ तृतीय जाजरकोट र सल्यान भए भने महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भएको आयोजक समितिले बताएको छ ।

उक्त प्रतियोगितामा कर्णाली प्रदेशका पुरुष टिमतर्फ हुम्ला बाहेक नौं जिल्लाको सहभागिता रहेको थियो । महिला टिमतर्फ डोल्पा, हुम्ला र रुकुमपश्चिम बाहेकका अन्य सात जिल्लाको सहभागिता रहेको थियो ।

बुधवारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो ।  शुक्रवार समापन भएको उक्त प्रतियोगितामा निवर्तमान प्रतिनिधि सभा सदस्य गोपाल बहादुर बमको समेत सहभागिता रहेको थियो ।

समापन समारोहमा बोल्दै नेता निवर्तमान प्रतिनिधि सभा सदस्य बमले यो प्रतियोगिता मात्र नभई खेलमार्फत पर्यटन प्रवद्र्धनका लागि ठुलो योगदान पुर्याएको बताए । कर्णाली प्रदेश खेलकुद विकास परिषदका बोर्ड सदस्य टक्क बहादुर शाहीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकको रुपमा रहेको कणर्ाली प्रदेशले राष्ट्रिय खेलकुद  प्रतियोगिताको मिति नजिकिदै गर्दा आन्तरिक खेल गतिविधिलाई निरिन्तरता दिन थालेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार