मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

भैरहवामा कृषकलाई उन्नत गहुँको बिउ वितरण

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ कार्तिक २०८१, बुधवार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरुलाई उन्नत गहुँको बीउ बितरण सुरु गरेको छ । नगरपालिकाले पचास प्रतिशत अनुदानमा कृषकलाई उन्नत गहुँको बिउ बितरण सुरु गरेको हो । जात नखुलेका बिउबिजक प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आयबृद्धि गर्ने उद्देश्यले बिउ बितरण गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।

बजारमा पाइने कमसल खालका बिउ लगाउँदा दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षित गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ बितरण गरिएको उनले बताए ।

कृषकको कृषियोग्य जमिनको आधारमा कम्तिमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ बितरण गर्न लागिएको हो । नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार बितरणका लागि कृषि सामाग्री कम्पनीबाट आठ सय बोरा मल ल्याइएको छ । ४० किलोको एक बोरालाई ३ हजार ४ सय रुपैयाँ पर्छ भने यसमा नगरपालिकाले कृषकलाई १ हजार ७ सयमा दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार