मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी

Ujyalosandeshonline 12547+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

रामेछाप । लगातारको वर्षासँगै आएको पहिरो र लेदोका कारण बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी छ । राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा तीन ठाउँमा  सडक अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास आज बिहानदेखि सुरु गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार रोशी गाउँपालिका–११ माम्तीस्थित सडक खण्डमा आएको भेल बाढीले कटान गर्दै सडक पूर्णरूपमा बन्द गराएको छ। त्यस्तै, रोशी–९ स्थित खहरे खोलाबाट आएको लेदोका कारण सडक अवरुद्ध भएको छ। बिरुवाडाँडामा समेत खहरे खोलाको लेदो पस्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ । जेसिभी प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ ।  

वर्षा लागेसँगै बाढी र लेदोले बिपी राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । वर्षाका कारण माथिबाट  लेदो सहितको बाढी आउँदा सडक अवरुद्ध हुने गरेको छ । गएको असोज महिनामा आएको बढी पहिरोले सो सडकको रोशीखोला क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । अस्थायी रुपमा सञ्चालन भएको सडकमा बारम्बार समस्या आएको छ । सडक अवरुद्ध हुँदा रामेछाप,  सिन्धुली लगायत पूर्वी नेपाल आउजाउ गर्ने सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार