हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका-५, तिनतल्ले नजिक मदन भण्डारी लोकमार्गमा ना ६ ख २९४९ नम्बरको डिजेल लोड ट्याङ्कर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडाबाट हात्तीसुडेतर्फ जाँदै गरेको ट्याङ्कर दुर्घटना हुँदा च्यापिएर सिन्धुली, घ्याङ्लेख गाउँपालिका-२ का ४० वर्षीय रमेशकुमार रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले शव निकालेर पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाएको छ।