मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

स्व.रामनारायण मिश्र स्मारक निर्माण विवादमा अदालतले दियो काम रोक्न आदेश

Ujyalosandeshonline 11004+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

जनकपुर । जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरी क्षेत्रमाथि भइरहेको अतिक्रमण प्रयास अन्ततः अदालतको कडा हस्तक्षेपपछि रोकिएको छ । उच्च अदालत जनकपुरले पोखरीको डिल मिचेर अगाडि बढाइएको भवन निर्माण कार्य तत्काल रोकिने गरी अन्तरिम आदेश जारी गरेको हो ।

यो आदेशले स्थानीय तह, गुठी संस्था र सम्पदा सरोकारवाला निकायहरूलाई चकित बनाउँदै जनकपुरको धार्मिक, पर्यटकीय र सांस्कृतिक पहिचानमाथि भइरहेको योजनाविहीन हस्तक्षेपमाथि न्यायिक हस्तक्षेप गरेको छ । उक्त आदेश उच्च अदालत जनकपुरका न्यायाधीश राजुराम सिलवाको एकल इजलासबाट जारी गरिएको हो ।

आदेशमा जनकपुरधाम उपमहानगरपालिकाले २०७९ सालको फागुन ४ गते प्रदान गरेको भवन निर्माण नक्शा र त्यसका आधारमा अगाडि बढाइएको निर्माण कार्यले सार्वजनिक सम्पदा, विशेषतः गंगासागर पोखरीको डिलमा ‘अपूरणीय क्षति’ पुर्याउने सम्भावना देखिएकाले तत्काल रोक्न निर्देशन दिइएको छ ।

नेपाल सरकारको सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७५ अनुसार पोखरी वा जलाशयको डिलबाट कम्तीमा ५ मिटर दूरीमा मात्र भवन निर्माण गर्न मिल्ने स्पष्ट व्यवस्था छ । तर, रामनारायण मिश्र स्मारक समितिद्वारा अगाडि बढाइएको निर्माण कार्यले यो मापदण्ड उल्लंघन गर्दै पोखरीको संरचनामै क्षति पुर्याउने गरी निर्माण गरिरहेको देखिएको छ ।

गुठी संस्था शाखा जनकपुरले समेत २०७८ सालमै उक्त डिलमा निर्माण नगर्न पत्राचार गरेको तथ्य अदालतमा पेश गरिएको थियो । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राम नेक साह, मुकेश कुमार कार्की, प्रकाश कुमार घिमिरे र अधिवक्ताहरू राहुल कुमार झा, राम सागर साह र राकेश कुमार साहको तर्फबाट बहस प्रस्तुत गरिएको थियो । उनीहरूले न्यायालय समक्ष सम्पदाको संरक्षण र डिल मिचाइको स्पष्ट प्रमाण सहित अतिक्रमण रोक्न माग गरेका थिए ।

अदालतले विपक्षी प्रतिवादीहरूलाई १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत जवाफ पेश गर्न आदेश दिएको छ । बाँकीले स्वतन्त्र रूपमा वा कानूनी प्रतिनिधिमार्फत जवाफ दिनुपर्नेछ ।अहिले लाई भवन निर्माण यथास्थितिमा राख्नुपर्ने आदेश दिइएको छ । तर, यो मुद्दाको अन्तिम टुंगो नआएसम्म जनकपुरधाम उपमहानगरपालिकामाथि पनि प्रशासनिक संयमता र कानुनी जवाफदेहिताको सवाल उठेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार