मुख्य समाचार
स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ | काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा | शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा | बैशाखमा ८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने | पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य | एक जनाको शव भेटियो, दुई जना अझै वेपत्ता | व्यवसायी भन्छन्- फुटपाथ व्यापार हटाउने नाममा नगर प्रहरीले ज्यादती गर्‍यो | पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ | रूपन्देहीको दानव नदिमा तीन बालक वेपत्ता | गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त |

मधेशमा मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

Ujyalosandeshonline 6941+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

काठमाडौं । मधेश प्रदेशमा जसपा नेपालको सरकार ढलेको छ । दलीय गठबन्धन फेरबदल हुँदा चार पटकसम्म सुरक्षित मुख्यमन्त्री सरोजकुमार यादव पाँचौ पटकमा पदमुक्त भएका छन् । जनकपुरधामस्थित प्रदेश सभामा बुधबार उनको विश्वासको मतको पक्षभन्दा विपक्षमा बढी मत पर्दा सरकार ढलेको हो । 

सरकार जोगाउन ५४ मत चाहिनेमा प्रदेशसभामा उनको पक्षमा मात्र ५० र विपक्षमा ५३ मत परेको छ । यादवलाई उनको दल जसपा नेपाल, कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन् भने एमाले, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मत दिएका छन् । १०७ सदस्यीय प्रदेशसभामा बुधबार १०३ जनाको उपस्थिति थियो ।  

मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सांसद छन् । राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका एक÷एक जना छन् ।

जसपा संसदीय दलका नेता यादव गत पुसमा मा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको समर्थनमा गत पुसमा मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा सत्ता समीकरण लगत्तै पार्टी विभाजन भएर उपेन्द्र यादव सरकारबाट बाहिरिएसँगै मधेश प्रदेश सरकारमा संकट सुरु भएको थियो । गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले यादव सरकारमाथिको समर्थन फिर्ता लिएका थिए । संघीय सत्ता समीकरणसँगै जनमत पार्टीले मधेश सरकारको नेतृत्व लिन खोजेको छ । यसमा संघीय सत्ता गठबन्धन सहमत देखिँदा प्रदेश सरकारको नयाँ समीकरण बनेको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै