मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

मधेशमा मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

Ujyalosandeshonline 12457+ समाचार ( )
२३ जेठ २०८१, बुधवार

काठमाडौं । मधेश प्रदेशमा जसपा नेपालको सरकार ढलेको छ । दलीय गठबन्धन फेरबदल हुँदा चार पटकसम्म सुरक्षित मुख्यमन्त्री सरोजकुमार यादव पाँचौ पटकमा पदमुक्त भएका छन् । जनकपुरधामस्थित प्रदेश सभामा बुधबार उनको विश्वासको मतको पक्षभन्दा विपक्षमा बढी मत पर्दा सरकार ढलेको हो । 

सरकार जोगाउन ५४ मत चाहिनेमा प्रदेशसभामा उनको पक्षमा मात्र ५० र विपक्षमा ५३ मत परेको छ । यादवलाई उनको दल जसपा नेपाल, कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन् भने एमाले, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मत दिएका छन् । १०७ सदस्यीय प्रदेशसभामा बुधबार १०३ जनाको उपस्थिति थियो ।  

मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सांसद छन् । राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका एक÷एक जना छन् ।

जसपा संसदीय दलका नेता यादव गत पुसमा मा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको समर्थनमा गत पुसमा मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा सत्ता समीकरण लगत्तै पार्टी विभाजन भएर उपेन्द्र यादव सरकारबाट बाहिरिएसँगै मधेश प्रदेश सरकारमा संकट सुरु भएको थियो । गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले यादव सरकारमाथिको समर्थन फिर्ता लिएका थिए । संघीय सत्ता समीकरणसँगै जनमत पार्टीले मधेश सरकारको नेतृत्व लिन खोजेको छ । यसमा संघीय सत्ता गठबन्धन सहमत देखिँदा प्रदेश सरकारको नयाँ समीकरण बनेको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार