मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेपालमा साउन २५ गते विश्व आदिवासी दिवस मनाइने

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले साउन २५ गते३०औं विश्व आदिवासी दिवस मनाउने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महासंघ महासचिव दिवस राईले,‘स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण’ भन्ने संयुक्त राष्ट्रसंघको मूल नारा सहित ३०औं विश्व आदिवासी दिवस मनाउन लागेको जानकारी दिए । 

उनका अनुसार भृकुटिमण्डप देखि सुरु हुने उक्त कार्यक्रममा आदिवासी जनजातिहरुका मातृभाषा र लोक भाकामा बनेका गीतहरु, सांस्कृतिक झाँकीहरु, स्थानीय र रैथाने प्रकृक्तिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, जातीय भेषभुषा सहित प्रज्ञाभवन कमलादी सम्म परिक्रमा गरिनेछ ।  

उनले भने,‘शुकबारको दिन नेपालका आदिवासी जनजातिहरुका मातृभाषा र लोक भाकामा बनेका गीतहरु, सांस्कृतिक झाँकीहरु, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातिय भेषभुषासहित राजधानीको मध्यभाग भृकुटीमण्डपको प्रदर्शनीमार्गदेखि प्रज्ञाभवन कमलादीसम्म परिक्रमा गरी आदिवासी जनजातिहरुको भव्य प्रस्तुतिलाई प्रतिविम्वित गरीनेछ ।

साँस्कृतिक झाँकीसहितको रÞ्याली ११ बजे भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार