मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

बुढानीलकण्ठ नगरपालिकाले चौथो वृत्ति तथा रोजगार मेला गर्दै

Ujyalosandeshonline 12618+ समाचार ( )
१६ माघ २०८१, बुधवार

काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिकाले आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला गर्ने भएको छ । “शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता”नारासहित हुन लागेको यो मेलामा युवा वर्गलाई रोजगारी तथा सीप विकासमा जोड दिने लक्ष्य राखिएको छ ।

बुढानिलकण्ठ नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै गतवर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित रहेकोमा यसपटक भने श्रमिक तथा उद्यमशीलता प्रवद्र्धनमा विशेष ध्यान दिइने जानकारी दिएको छ ।

यो मेलामा कुल ४८ वटा स्टल रहने छन्, जसमा १५ वटा रोजगारीका अवसर खुलाउने, ६ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलहरूले उद्यमशीलता तथा डिजिटल प्रविधि सम्बन्धी सेवा तथा सूचना प्रदान गर्नेछन् ।

माध्यामिक तह उत्तीर्ण गरेका १०० जना युवाहरूका लागि रोजगारी प्रवद्र्धनको विशेष अवसर मिलाइने र ४०० जनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिइने नगरपालिकाको योजना रहेको छ । युवाहरू लाई स्वरोजगारको सम्भावना खोज्न प्रोत्साहित गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तक्र्रिया गराउने कार्यक्रमसमेत रहेको नगरपालिकाले जानाकारी दिएको छ । 

नगरपालिकाले बेरोजगार युवाहरूका लागि सूचनाको पहुँच विस्तार गर्दै रोजगारी सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । इच्छुक व्यक्तिहरूले यहि माघ २५ गतेभित्र नगरपालिकाको पेजमा उल्लेख भएको फारममा भरी आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार