मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सिन्धुलीको खाङ्साङमा बन्यो प्रहरीको आफ्नै भवन

Ujyalosandeshonline 12614+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङ्साङमा नेपाल प्रहरीको आफ्नै भवन बनेको छ । वाग्मती प्रदेश सरकारको ३ करोड ४६ लाख २१ हजार ५ सय २४ रुपैयाँको लागतमा सो भवन बनेको हो ।वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला एवं कानुन मन्त्री सुरजचन्द्र लामिछाने र वाग्मती प्रदेशका प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले मंगलबार संयुक्त रूपमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरेका छन् । 

आर आर बिल्डर्स चरिकोट दोलखाले २०८० असोज १५ गते भवन निर्माण सम्झौता गरेको थियो । भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लामिछानेले नयाँ भवन बनेपछि प्रहरीलाई सेवा प्रवाह गर्न सहज हुने बताए । उनले प्रहरीलाई सुविधा सम्पन्न बनाउँदै लैजाने योजनामा सरकार रहेको सुनाए । 

प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले सुविधा थपिएसँग प्रहरीले दिने सेवा पनि थप प्रभावकारी हुनुपर्ने बताए । उनले नेपाल प्रहरी जस्तो सुकै कठिन परिस्थितिमा पनि देश र जनता प्रति समर्पित हुँदै आएको संस्था भएको स्पष्ट पारे। फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले चौकीले सामुदायिक सुरक्षा र प्रहरी–जनताको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्ति गरिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार