मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

चोरीको आरोपमा तीन जना पक्राउ

Ujyalosandeshonline 12321+ समाचार ( )
१३ कार्तिक २०८१, मङ्गलबार

मकवानपुर । मकवानपुर प्रहरीले गएराति चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर–६ बस्ने ४९ वर्षीय भरत गौतमको साथमा रहेको ५१ हजार रुपैयाँ चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका वडा नम्वर वडा नं. ६ बस्ने वर्ष ३२ को लाक्पा तामाङ, उदयपुर त्रियुगा नगरपालिका वडा नं. १० बस्ने वर्ष ४२ को प्रेम दोर्जे शेर्पा र धनकुटाको छथर गाउँपालिका वडा नम्वर वडा नं. ३ बस्ने वर्ष ३७ को हेमराज श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, गएराति ११ बजेको समयमा हेटौंडाबाट लोथर जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको बसमा सवार उनीहरुले सोही बसमा सवार गौतमको साथबाट उक्त रकम चोरी गरेका थिए ।

साथै प्रहरीले दोर्जे शेर्पाको साथबाट १ लाख ६९ हजार ७१० रुपैयाँ, तामाङको साथबाट ३९ हजार रुपैयाँ र श्रेष्ठको साथबाट ५ हजार ७७० रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार