मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

पशुपतिनाथ परिसरमा स्तनपान कक्ष

Ujyalosandeshonline 11004+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

काठमाडौं । पशुपति विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष स्थापना गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मंगलबार स्तनपान कक्षको उद्घाटन गरेकी छन् ।  

शिशुलाई स्तनपान सामान्य विषयका रुपमा लिन नहुने उनले बताइन । मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्यनजर गर्दै कोषले गरेको व्यवस्था राम्रो भएको भनाइ उनले राखिन् ।  

उनले भनिन्, ‘यो धेरै पहिलादेखि उठेको विषय थियो, भक्तजनहरुले दिएको सुझाव पनि भएको हुनाले पशुपति विकास कोषको बैठकमा यो विषयको बारेमा कुरा उठेको थियो । आज यसको उद्घाटन भएको छ, यो हेर्दा सामान्य लाग्न सक्छ, तर समाजमा महिलाको हिसाबमा सोच्ने हो भने कठिन विषय नै हुन्छ । आज यो कोषले गरेको काम आभार व्यक्त गर्न चहान्छु ।’

मन्त्री सिर्पालीले आगामी दिनमा भक्तजनहरुको सुविधाका लागि थप काम गर्दै जाने भन्दै यसबाट पर्यटनको क्षेत्रमा पनि सकारात्मक सन्देश जाने बताइन् । 

उनले भनिन्, ‘पशुपतिनाथप्रतिको आस्थालाई अझै प्रसिद्ध गर्नको लागि यहाँ आउने भौतिक सुविधाहरु पनि आवश्यक पर्छ । दर्शन गर्न आउदा मानिसले खोज्ने भनेको एउटा भगवान्को पूजा अर्को भौतिक संरचनामा सुविधा पनि हो । यसले पर्यटनको क्षेत्रमा पनि सकारात्मक सन्देश दिन्छ, यसले भोलिको दिनमा अझै राम्रो कामहरु पनि गर्न सकिन्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार