मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

‘नागरिक एप्स र नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने’

Ujyalosandeshonline 12552+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

काठमाडौं । सरकारले राज्यले दिने सबै सेवा सुविधालाई अनलाइनमा सेवा दिनका लागि नागरिक एप्सलाई बिस्तार गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तु गर्दै यस्तो घोषणा गरेका हुन् । 

उनले भने, ‘नागरिक एप्सलाई सेवा दिनेगरी विस्तार गर्ने र सबै सेवा अनलाइनबाटै नागरिकलाई दिनका लागि नागरिक एप्सलाई बिस्तार गर्ने नीति तथा कार्यक्रममार्फत घोषणा गरेका छौं ।’साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले ‘जेन जी’ पुस्तालाई प्राथमिकतामा राखिएको जनाएको छ ।

उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, ‘उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरी आय आर्जनका अवसरहरू वृद्धि गरिनेछ । सबै उद्यममा बिजनेस प्लान र त्यसको इको सिस्टम सुनिश्चित गरी जेन जी पुस्तालाई विशेष प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गरिनेछ ।’

यसैगरी नेपाल स्टक एक्सचेन्ज पुनर्संरचना गरिने भएको छ ।  नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ ।’त्यस्तै फजुल खर्च रोक्न अनावश्यक सार्वजनिक संरचना खारेज गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

आगामी आवको नीति तथा कार्यक्रम अनुसार कर प्रणालीमा संरचनात्मक सुधार गरिने भएको छ । यसका साथै वैदेशिक सहायताको आवश्यकताका आधारमा वितरण गरिने र वैदेशिक लगानीलाई पनि आवश्यक क्षेत्रमा मात्रै परिचालन गरिने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार