सुनचाँदी व्यवसायीद्वारा विभिन्न माग राखी ज्ञापन

अनिल नेपाली 141+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

अर्घाखाँची । नेपाल सुनचाँदी व्यवसायी महासंघ अर्घाखाँचीले सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर १३ प्रतिशत भ्याट  खारेज गर्न माग गर्दै अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थी लाई ज्ञापनपत्र बुझाएको छ ।

कानूनले सुनलाई नगदसरहको सम्पत्तिको मान्यता दिएकाले सुनमा लगाइएको २ प्रतिशत विलासी शुल्क खारेज हुनुपर्ने,  हिरा, जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गरेर पूर्ववत व्यवस्था कायम गरिनुपर्ने, उपभोक्ताहित, गहना उत्पादक तथा , व्यवसायीमैत्री सुनचाँदी सम्बन्धी ऐन, कानून र कार्यविधि तुरुन्त जारी गरिनुपर्ने लगायतका माग राखेर ज्ञापनपत्र बुझाएको सघका केन्दिय सदस्य तारा बहादुर सुनारले बताए ।

सुनारका अनुसार सरकारले ल्याएको नीति कार्यक्रमले व्यवसायीलाई आन्दोलन गर्नुपर्ने परिस्थिति  सिर्जना भएकोले यसलाई सरकारले सशाेधन गनुपर्ने बताए ।  ज्ञापनपत्र बुझ्दै अधिकृत पन्थीले व्यवसायीका माग गम्भीर र संवेदनशील भएकोले यस तर्फ सबै जिम्मेवार हुनुपर्ने बताए ।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष रामु स्वर्णकार, उपाध्यक्ष  दिपक सुनार, महासचिव कृष्ण पन्थी, सचिव बिक्रम सुनार, काेषाध्यक्ष केशव बराईली लगायतका व्यवसायीहरूकाे उपस्थिति रहेको थियो । केही दिन पहिला देखि व्यवसायीले आफ्नो पसल अगाडि कालाे  ब्यानर टासेर विराेध जनाउदै आएका छ्न । संघले आज बिहिबार नै जिल्लामा आफुहरुको पिरमर्का लगायत सरकारले गनुपर्ने रणनीति लगायतका बारेमा पत्रकार सम्मेलन समेत गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै