मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

विश्व शान्तिका लागि धार्मिक सद्भभाव आवश्यक

रासस 642+ समाचार ( )
२४ माघ २०८२, शुक्रबार

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले विश्व शान्तिका लागि धार्मिक सद्भाव आवश्यक रहेको बताउनुभएको छ । हिन्दू र बौद्ध धर्मगुरुहरूले आयोजना गरेको शान्ति–मैत्री लुम्बिनी यात्रा कार्यक्रममा आज लुम्बिनीमा बोल्दै उपाध्यक्ष डा लामाले लुम्बिनीको विकास संरक्षण र प्रवर्द्धनमा सबै धर्म र सम्प्रदायको उत्तिकै जिम्मेवारी र उत्तरदायित्व रहेको बताउनुभयो ।

उहाँले लुम्बिनीप्रति सबै धर्म मान्ने नागरिकले उत्तिकै आस्था र विश्वास रहेको बताउँदै शान्ति र अहिंसाको मार्ग अवलम्बन गर्न प्रेरणा दिएको बताउनुभयो । उपाधक्ष्य लामाले लुम्बिनी शान्ति चाहने सबैको साझा स्थल भएको र व्यक्तिगत आस्थाभन्दा माथि उठेर राष्ट्रहितका लागि धार्मिक एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै विश्व ओमकार एकता महाअभियानका संयोजक डा चिन्तामणि नाथ योगीले राष्ट्र निर्माणका लागि धार्मिक एकता अपरिहार्य रहेको बताउनुभयो । नेपाल हिन्दू, बौद्ध, किरात, जैन, बोनलगायत विविध धार्मिक समुदायको साझा भूमि भएको उल्लेख गर्दै उहाँले सहअस्तित्व र सहकार्यमा बस्नुपर्नेमा जोड दिनुभयो । सङ्गत संस्कृति अभियानका प्रमुख पुष्पराज पुरुषले भगवान् बुद्धको जन्मस्थल सम्पूर्ण नेपालीको साझा धरोहर भएको बताउँदै धार्मिक भावना भएका प्रत्येक व्यक्तिले जीवनमा कम्तीमा एकपटक लुम्बिनीको भ्रमण गर्नुपर्ने धारणा राख्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार