मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12208+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

देउखुरी । लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवस सम्पन्न गरेको छ । असोज २, ३ र ४ गते तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको हो । दिवसको अन्तिम दिन शुक्रवार वृक्षारोपण गरेर संविधान दिवस औपचारीक रुपमा समापन गरिएको छ । 

राप्ती गाउँपालिका–३ स्थित घण्टदेव सामुदायिक वन क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बृक्षारोपण गर्दै संविधान दिवसको अवसरमा आयोजित सबै औपचारीक कार्यक्रमहरु भब्य रुपमा सम्पन्न भएको घोषणा गर्नु भयो । दिवसलाई भब्य बनाउन सहयोग गर्ने आम सर्वसाधारण नागरिक सहित सरोकारवाला पक्ष सबैमा धन्यवाद ज्ञापन गर्नु भयो ।‘संविधान दिवसलाई भब्य बनाउन सहयोग गर्न सबै प्रति अभार व्यक्त गर्दछु’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘संविधान कार्यान्वयन प्रमुख सवाल हो । प्रदेशलाई बलियो बनाउन संविधान कार्यान्वयनमा सबै जुटौं ।’ 

वन, वातावरण तथा जैविक विविधताको संरक्षणबाट मात्रै पारिस्थितिक प्रणाली जोगाई राख्न सकिने बताउनु भयो । यसका लागी वातावरण मैत्री व्यवहार गर्न सबैमा आग्रह गर्नु भयो । प्रमुख सचिव महादेव पन्थले बृक्षरोपणले संविधान दिवसको सान्दर्भीकता पुष्टी गरेको बताउनु भयो ।‘एउटा विरुवाको हुर्काइ संग त्यसको भविस्य जोडिएको हुन्छ । जसरी आज विरुवा रोपिएको छ । यसको हेरचाह र व्यवस्थापना गरेको खण्डमा यसको आयू र हुकाई छिटो हुन्छ । त्यसैगरी संविधान पनि एउटा विरुवा जस्तै परिपक्व र त्यसले सबैलाई लाभ दिदै जान्छ’उहाँले उदाहरण दिदै भन्नुभयो,‘संविधानलाई कार्यान्वयन गर्दै यसले दिने उपलब्धीलाई नागरिक माझ पु¥याउनु छ ।’

लुम्बिनीमा असोज ३ गते संविधान दिवस मुल समारोह आयोजना गरिएको थियो । त्यस अघि असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराईएको थियो भने कार्यालय परिसरमा सरसफाई, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान गरिएको थियो । संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती बिषय विज्ञ संग छलफल गरेर निकासको समेत खोजि गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार