मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएको छ : मन्त्री शाही

Ujyalosandeshonline 11506+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएर अगाडि बढिरहेको बताएका छन्  । काठमाडौंमा आयोजित आगो सुरक्षा र इलेक्ट्रोनिक सुरक्षा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले धेरै ठाउँमा वन डढेलोले जैविक विविधताको नासदेखि वातावरण प्रदुषणमा पनि ठूलो भूमिका खेलेको भन्दै सरकारले यसको न्यूनिकरण र नियन्त्रणको प्रयासहरु गरिरहेको बताए । 

उनले भने,‘सरकारले जति पहल प्रयास गर्दा पनि अहिले धेरै ठाउँमा वन डढेलो लागिरहेको छ । जैविक विविधताको नासदेखि दिएर वातावरण प्रदुषणमा पनि ठूलो भूमिका खेलेको छ । त्यसैले सरकारले यसलाई गम्भिरताकासाथ लिएको छ । यसको न्यूनिकरण र नियन्त्रणको प्रयासहरु भइरहेको छन् । सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएर अगाडि बढिरहेको छ । आगामि दिनमा पनि थप प्रभावकारी बनाउने सरकाले तयारी गरिरहेको छ ।’

त्यस्तै उनले आगलागीले देशका प्राकृतिक श्रोतहरु वनजंगलहरुको क्षति,वन्यजन्तुको नास ,व्यक्तिगत, सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरुमा ठूलो असर र प्रभाव पारिरहेको बताए । समयक्रम अनुसार आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट यो समस्याको न्युनिकरण गर्नको लागि अझै प्रयास गर्नुपर्ने देखिएको उनको भनाई छ । 

उनले भने,‘आगलागीले देशका प्राकृतिक श्रोतहरु वनजंगलहरुको क्षति,वन्यजन्तुको नास र यसले व्यक्तिगत सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरुमा ठूलो असर र प्रभाव पारिरहेको छ । यसलाई समयक्रम अनुसार हामी अहिले बद्लिदो परिवेशमा छौं । त्यसले गर्दा आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट यो समस्याको न्यूनिकरण गर्नको लागि धेरै प्रयासहरु भएका छन् । नेपालको सन्दर्भमा अझै हामी लाग्नु पर्ने देखिन्छ । ’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार