मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाइने

Ujyalosandeshonline 11768+ समाचार ( )
३० कार्तिक २०८२, आइतबार

काठमाडौँ ।सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढाउने समझदारी भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिङ्घल नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय नवौँ समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रणलगायत बारेमा छलफल भएको थियो ।

यस्तै सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान गर्नेबारेमा विचारविमर्श भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

यही कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालित सो बैठकमा गत मङ्सिरमा काठमाडौँमा सम्पन्न आठाँै समन्वयात्मक बैठकबाट पारित एजेण्डा कार्यान्वयको विषयमा समीक्षा भएको थियो । बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार