मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

किसान सूचिकरणको काम यसै वर्षभित्र सम्पन्न हुन्छ : मन्त्री अधिकारी

Ujyalosandeshonline 12548+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री राम नाथ अधिकारीले सातवटै प्रदेशका कृषि मन्त्रीहरु सँग छलफल गरेका छन् । मंगलबार सिंहदरबार स्थित कृषि मन्त्रालयमा भएको बैठक बोल्दै मन्त्री राम नाथ अधिकारीले यसै वर्ष भित्र किसान सूचिकरणको काम सक्ने उद्देश्य बोकेको बताएका छन् । उनले सूचिकरण वर्गिकरण गर्दै वितरणको प्रकृया पनि सुरु गर्ने उद्देश्य राखेकोे भन्दै त्यसमा सबै प्रदेशको र पालिकाहरुको तर्फबाट उत्तिकै सहयोग जरुरी रहेको बताए । 

उनले भने,‘किसान सूचिकरणका सन्दर्भमा हामीले यसै वर्षभित्र सक्ने उद्देश्य बोकेका छौं । त्यति मात्र होईन यसै वर्ष हामीले सूचिकरण वर्गिकरण गर्दै हामीले कम्तिमा वितरणको प्रकृया पनि सुरु गरौं भन्ने उद्देश्य राखेका छौं । यसमा सबै प्रदेशको तर्फबाट र सबै पालिकाहरुको तर्फबाटउत्तिकै सहयोग जरुरी मैले महशुस गरेको छु ।’

उनले बाली बीमाका सन्दर्भमा प्रवद्र्धनात्मकतथा सचेतना मूलककार्य अगाडि बढाउने र त्यसलाई व्यस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको जानकारी गराए । अनुदानको विषयमा कृषि मन्त्रालयलाई धेरै आरोपहरु लाग्ने गरेको भन्दै पालिकार प्रदेश तह सँगको समन्वयमा संयन्त्र बनाएर अनुदानको व्यवस्थागर्ने सोच अगाडि सारेको पनि उनले बताए । 

उनले भने,‘बाली बीमाका सन्दर्भमा हामीले प्रवद्र्धनात्मक तथा सचेतना मूलक कार्य अगाडि बढाउने र त्यसलाई व्यस्थित गर्दै लैजाने उद्देश्य पनि मन्त्रालयले राखेको छ । अनुदानको विषयमा कृषि मन्त्रालयलाई लाग्दै आएका आरोपहरु छन् । यसमा पालिका तह र प्रदेश तहसँग समन्वय गरेर एउटा संयन्त्र बनाएर त्यो अनुदानको व्यवस्था गर्न ठिकहोला कि भन्ने सोच पनि हामीले अगाडि बढाएकाछौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार