मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

रवि लामिछानेले निर्दोष छु भन्दै हिड्न मिल्दैन : डा.महत

Ujyalosandeshonline 11768+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले सहकारीको पैसाबाट गोरखा मिडिया सञ्चालन भएपनि दोषी होइन भनेर भन्न सम्भव नभएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठक पश्चात उनले तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलाएकाले यस्तो अवस्थामा आफूलाई निर्दोश भन्नु मान्य नभएको बताए ।

उनले भने, ‘सूर्य थापाले स्पष्ट के भन्नुभयो भने गोरखा मिडिया प्रालिले ८५ करोड रुपैयाँ सहकारीहरुबाट लिएको छ । भनेपछि गोरखा मिडिया प्रालि नै सहकारीको पैसाबाट चलेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । उहाँको तलब भत्तादेखि सबै कुरा सहकारीको पैसाबाट चलेको रहेछ । त्यहाँको जिम्मेवारी तहमा रहँदा पनि पैसा आएको छ । लिनै नमिल्ने पैसा लिएर सञ्चालन गर्नु भएको छ । यति हुँदा पनि दोषि होइन भनेर घोषणा गर्दै हिड्नुहुन्छ भने त्योभन्दा गैर जिम्मे कुरा अरु हुन सक्दैन् ।’

यसको साथै उनले सभामुखले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर कार्याअर्थ गर्न निर्देशन दिएको अवस्थामा रवी लामिछानेले क्लिन चिट नपाएको बताए ।

उनले भने, ‘प्रतिवेदन बुझाएपछि सभामुखले सरकारले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर निर्देशन दिएको अवस्थामा कसरी रवी लामिछानेले क्लिन चिट पाउनुभयो त्यो मलाई थाहा छैन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार