मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

आइसीसी टी–२० विश्वकप : क्यानडाविरुद्ध अमेरिका ७ विकेटले विजयी

Ujyalosandeshonline 11009+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौं । घरेलु टोली अमेरिकाले आइसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आयोजक राष्ट्रको हैसियतमा टी–२० विश्वकप खेलेको अमेरिकाले उद्घाटन खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गर्यो । पछिल्लो समय उत्कृष्ट लयमा देखिएको अमेरिकाले १९५ रनको विशाल लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । अमेरिकालाई जिताउनका लागि आरोन जोन्सले नटआउट ९४ रनको पारि खेले ।

लक्ष्य पछ्याउने क्रममा सुरुआत भने राम्रो रहेन । २ बल फेस गरेका स्टेभन टेलर खाता नखोल्दै आउट हुँदा अमेरिकाले पहिलो विकेट गुमाएको थियो । त्यसपछि कप्तान मोनाक पटेल र एन्ड्रिस गोउसले पारि अघि बढाए । मोनक पटेल १६ बलमा १६ रन बनाएर आउट हुँदा अमेरिकाले ६.३ ओभरमा ४२ रन बनाएको थियो । त्यसपछि एन्ड्रेस र आरोन जोनसनले उत्कृष्ट प्रदर्शन गरेपछि क्यानडाले दिएको विशाल लक्ष्य पनि अमेरिकाले सहज पूरा गर्नका लागि आधार तय भयो । यी दुई बीच ५८ बलमा १३१ रनको साझेदारी भएको थियो । एन्ड्रेस ४६ बलमा ६५ रन बनाएर क्याच आउट भएका थिए । उनले तीन छक्का र सात चौका प्रहार गरे । उनी आउट हुँदा अमेरिकाले १५.४ ओभरमा १७३ रन बनाएको थियो । त्यसपछि जोन्स र कोरि एन्डरसनले जिताए । जोन्सले ४० बलमा ९४ रनको नटआउट पारि खेल्दा १० छक्का र चार चौका प्रहार गरे । एन्डरसन ५ बलमा ३ रनमा नटआउट रहे । क्यानडाका कलिम साना, डिलोन हेइलगर र निखिल दत्तले एक एक विकेट लिए ।

डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो । पहिलो विकेटका लागि आरोन जोनसन र नभनित धलिवालले ४३ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा जोनसन १६ बलमा २३ रन बनाएर आउट भए । उनले पाँच चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका प्रगत सिंह भने रनआउटको सिकार भए । उनले ७ बल फेस गर्दा ५ रन जोडेका थिए ।

नभनित र निकोलस कृटोन मिलेर क्यानडाको पारि अघि बढाए । यी दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएपछि क्यानाडले सहजै १०० रन कटाएको थियो । तेस्रो विकेटको रुपमा नभनित अर्धशतकीय पारि खेल्दै आउट भए । उनले ४४ बल फेस गर्दा तीन छक्का र ६ चौका प्रहार गरे । १७.५ ओभरमा टिमको स्कोर १५९ रन हुँदा क्यानडाले चौथो विकेट गुमाएको थियो । निकोलस कृटोन ३१ बलमा ५१ रनको अर्धशतकीय पारि खेल्दै आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरे । अन्त्यमा श्रीयस मोभा र दिलप्रित बजवाले क्यानडाको टोलीलाई बलियो स्कोरमा लैजाने प्रयास गरेका थिए । तर, बजवा ५ बलमा ११ रन बनाएर रनआउट भएपछि क्यानडाले १९ औं ओभरमा पाँचौं विकेट गुमाउन पुग्यो । क्यानडाले १९ ओभरमा ५ औं विकेट गुमाउँदा १७३ रन बनाएको थियो । 

क्रिजमा आएका डिलोन हेलिगरले श्रीयसलाई साथ दिए । यी दुई खेलाडीले ७ बलमा २३ रनको नटआउट साझेदारी गरेपछि क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो । श्रीयस १६ बलमा ३२ तथा दिलप्रित ५ बलमा ११ रन बनाएर आउटआउट पारि खेले । अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एक एक विकेट लिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार