मुख्य समाचार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै | चापाकोटमा सीसीटीभी क्यामेरा जडान, प्रहरीलाई हस्तान्तरण तथा सम्मान | ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की | धकधई बजारमा सरसफाइ तथा ट्राफिक जनचेतना कार्यक्रम | कालोपत्र सडक | उडानविहीन गौतमबुद्ध विमानस्थल: एकातिर सुनसान, अर्कोतिर ज्यालादारी र करार कर्मचारीको ओइरो | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै | स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता | आहा ! मनमोहक रसुवाको भाँङ्गे झरना |

चापाकोटमा सीसीटीभी क्यामेरा जडान, प्रहरीलाई हस्तान्तरण तथा सम्मान

Ujyalosandeshonline 12009+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले इलाका प्रहरी कार्यालय चापाकोटलाई ६ थान सीसीटीभी क्यामेरा हस्तान्तरण गर्नुका साथै सम्मान गरेको छ। शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाको सहयोगमा ती क्यामेरा जडान गरी हस्तान्तरण गरिएको हो।

चापाकोट नगरपालिकाको वडा नं ९ र १० का विभिन्न प्रमुख स्थानमा जडान गरिएका क्यामेराको प्रत्यक्ष निगरानी इलाका प्रहरी कार्यालयबाटै हुने गरी नगर प्रमुख देवबहादुर खाँणले सो क्यामेरा हस्तान्तरण गर्नुभयो। सोही अवसरमा चापाकोट क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, अपराध रोकथाम तथा नागरिकको जीउधनको सुरक्षामा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाका तर्फबाट इलाका प्रहरी कार्यालय चापाकोटलाई सम्मान–पत्र प्रदान गरिएको प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार