मुख्य समाचार
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित सदस्यहरूले लिए शपथ | मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमम मैत्रीपूर्ण फुटबल सम्पन्न | ‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक’ | साइबर अपराधमा दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश | सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन : मन्त्री यादव | एसिया कप खेल्ने महिला यु–१९ टिमको बिदाई | तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक | स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता | सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागू, नगरपालिका र निमार्ण व्यवसायीबीच सम्झौता | टस जितेर ब्याटिङ गर्दै विराटनगर |
मुख्य समाचार
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित सदस्यहरूले लिए शपथ | मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमम मैत्रीपूर्ण फुटबल सम्पन्न | ‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक’ | साइबर अपराधमा दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश | सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन : मन्त्री यादव | एसिया कप खेल्ने महिला यु–१९ टिमको बिदाई | तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक | स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता | सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागू, नगरपालिका र निमार्ण व्यवसायीबीच सम्झौता | टस जितेर ब्याटिङ गर्दै विराटनगर |


ब्यक्तिको नाममा गएको मशानघाटको जग्गा सार्वजनिक गर्ने निर्णय

Ujyalosandeshonline 4968+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

भैरहवा । अवैध तरिकाले ब्यक्तिले दर्ता गराएको शवदहन स्थल (मसान घाट)को जग्गालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले “सार्वजनिक जग्गा” कायम गर्ने निर्णय गरेको छ । 

रुपन्देहीको साविक भुजौली (हाल सिद्धार्थनगर नगरपालिका) ७ क कित्ता नम्बर ६१ को १ बिगहा ११ कठ्ठा ५ धुर जग्गा लामो समय देखि सार्वजनिक रुपमा (घाटको रुपमा) उपयोग हुँदै आएको थियो । अर्घाखाँचीको साविक मैदान गाविस–५ बस्ने फर्शुराम घिमिरेले अवैध तरिकाले उक्त जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । सार्वजनिक र मसानघाटको जग्गा व्यक्तिका नाममा दर्ता गरिए पछि यसको चर्को आलोचना भएको थियो । 

घटनालाई जानकारीमा लिदै यसबारे जिल्ला प्रशासनले छानविन थालेको थियो । अहिले उक्त जग्गा सार्वजनिक भएको ठहर गर्दै कम्प्युटर इन्ट्रीबाट लगत समेत हटाउन निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । अर्यालले टिप्पणी आदेश उठाएर उक्त जग्गा पूर्ववतः अवस्थामा सार्वजनिक नै कायम राख्ने निर्णय गरेका हुन् ।

उक्त जग्गालाई निजी स्वामित्वमा लैजाने कुत्सित मनसायका साथ नगरपालिकामा सम्पत्ति कर वुझाएको, श्रेस्ता समेत तयार गरेको तथा कम्प्यूटरमा विवरण प्रविष्टी गरि जग्गा हडप्न खोजेको अनुसन्धानबाट देखिएको उनको भनाई छ । 

“जानकारीमा आए लगत्तै जग्गा प्रशासन सम्बद्ध कार्यालयहरुलाई थप कार्य अगाडी नबढाउन मौखिक निर्देशन गरी यथास्थितिमै राख्न निर्देशन दिएको थिए ।” अर्यालले भने “ यसले गर्दा स्वामित्व हस्तान्तरण लगायतका काम कारवाहीहरु अगाडि बढ्न नसकेको अवस्था छ ।”

मालपोत कार्यालयहरुबाट प्राप्त जवाफ, सम्बन्धित वडा कार्यालयबाट प्राप्त विवरण तथा यस विषयमा हुन सक्ने संभावित निर्णयको जोखिम लगायतका तथ्यहरुलाई मध्यनजर गरी सार्वजनिक जग्गा संरक्षणमा हुन सक्ने क्षति न्यूनीकरण गर्न ४ वटा निर्णय गरिएको छ । 

प्रमुख जिल्ला अधिकारीले जग्गा दर्ता प्रकृया अगाडी नबढाउन र स्वामित्व (सार्वजनिक) यथास्थितमै राख्ने निर्णय गरेका छन् । कुनै व्यक्ति संघ संस्थाको नाममा स्वामित्व कायम हुने गरी थप श्रेस्ता कायम नगर्न, जग्गा धितो रजिष्ट्रेशन अंशबण्डा लगायतका कारोबार नगर्न मालपोत कार्यालयहरुलाई पत्राचार गर्ने निर्णय समेत गरिएको छ । 

यस अघि वडा कार्यालयले तिरो लगायतका राजस्व लिने गरेकोले उक्त कार्य “गैर प्रशासनिक एवं अनुचित” ठहर गर्दै उक्त जग्गाको राजश्च नलिन समेत उहाले आदेश दिएका छन् । 

मालपोत कार्यालयमा ब्यक्तिको नाममा जग्गा दर्ता देखिएकोले उक्त जग्गाको कम्प्युटर प्रविष्टि हटाउने र तयार भएको श्रेष्ता रद्द गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।  

अवैध तरिकाले जग्गा नाममा गर्ने ब्यक्ति एवम पदाधिकारीको एकिन गरि कार्यवाही गर्ने र जग्गाको विषयमा हुन सक्ने अवाञ्छित कृयाकलापलाई सुरुवातमै श्रोतमै निरुत्साहित गर्न जग्गालाई तारबार गरी छुट्टयाउने निर्णय भएको छ । 

मसान घाटको जग्गा आफ्नो नाममा बनाउने घिमिरेको जग्गाधनी पुर्जा २०७० सालमा जारी गरिएको देखिए पनि मालपोतबाट भने २०७१ सालमा घिमिरेका नाममा दर्ता गरिएको थियो । मालपोत कार्यालय बुटवलबाट ०७१ सालमा उक्त जग्गा घिमिरेका नाममा कम्प्युटरमा इन्ट्री भएको पाइएको थियो । घाटको जग्गा व्यक्तिका नाममा गएको जानकारी पाएपछि स्थानीयले विभिन्न ठाउँमा उजुरी दिएका थिए ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार