मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिता हुनैपर्छः मन्त्री डा.राणा

Ujyalosandeshonline 12547+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्रिमण्डलमा पनि ३३ प्रतिशत महिलाको सहभागिताको बारेमा आवाज उठाउनुपर्ने बताएकी छन् । काठमाडौंमा आयोजित छलफल कार्यक्रममा उनले संसदमा मात्र ३३ प्रतिशत पुगेर नहुने भन्दै सुधारको क्रममा मन्त्रिमण्डलमा पनि ३३ प्रतिशत पुग्नुपर्ने कुरामा जोड दिनुपर्ने बताइन् । 

उनले भनिन्, ‘मन्त्रिमण्डलमा महिलाहरुको उपस्थिती न्यून भयो भन्ने कुरा उठेको छ । अहिले हामी संसदमा प्रतिनिधि गरेर ३३ प्रतिशत पुगेका छौं । अब अर्को सुधार गर्ने क्रममा मन्त्रिमण्डलमै पनि ३३ प्रतिशत पुग्नुपर्छ भन्ने आवाज उठाउनुपर्छ । यस बारेमा छलफल भईरहेको छ ।’

यसको साथै उनले वर्तमान सरकारले आफ्नो काममा महिला कर्मचारीको प्रतिनिधित्व हुनैपर्ने कुरालाई प्राथमिकतामा राखेको भन्दै आउने समयमा हुने कामहरु महिलाको पक्षमा हुने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्, ‘अहिलेको सरकारले एउटा मुख्य एजेण्डा भनेको संविधान संशोधन गर्ने र संविधानको मूल मर्मलाई परिवर्तन नगरिकन अझ राम्रो कसरी बनाउने भन्ने कुरामा सरकारले पहल गर्छ । यही पहलकदमीमा नै हरेक सरकारको काममा महिला कर्मचारीको प्रतिनिधित्व हुनैपर्छ भन्ने एउटा कुरा पास भएको छ ।’ देशमा उठेका हरेक मुद्दाहरुमासरकार र प्रतिनिधि सभाले गम्भीर भएर हेर्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार