मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

भारतमा कार दुर्घटना हुदा रुपन्देहीका तीन जनाको मृत्यु

Ujyalosandeshonline 12537+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

भैरहवा । भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपालीहरुको गाडी भारतमा दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नम्बर ९ भलुहिका ४५ वर्षिय गणेश खनाल, उनको श्रीमति ४० वर्षिय दिपा खनाल र सोही ठाउ बस्ने ४५ वर्षिय गिता शर्मा रहेका छन् । 

महाकुम्भबाट स्नान गरि फर्किने क्रममा आजमगढ नजिकै गाडी बाटो छेउको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि अन्य ५ जना घाईते भएका छन् । चालक सहित गाडीमा ८ जना सवार रहेको राठौरले बताए । घाईतेहरुको भने भारतकै आजमगढ र गोरखपुरमा उपचार भईरहेको छ । घाईतेहरुमा चालक भारत बस्ने २१ वर्षिय ऋतिक दुबे, देवदह नगरपालिका वडा नम्बर ९ कै २२ वर्षिय शुभम पोखरेल, ३५ वर्षिय देवकला देवी, २५ वर्षिय अविशंकर रहेका छन् ।

रुपन्देहीको देवदह नगर पालिका वडा नम्बर ९ का ३५ जनाको टोली भारतमा लागेको कुम्भ मेलामा स्नान गर्न गएका थिए । ५ वटा कारमा सवार यो टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा रानी सराय थाना क्षेत्रमा दुर्घटना भएको एसपी राठौरले बताए । मृतकहरुको शव स्थानिय अस्पतालमा पोष्टमार्टमको लागि गएको बताउदै एसपी राठौरले आफुहरु नियमित भारतिय प्रहरीको सम्पर्कमा रहेको जानकारी दिए । घटनाबारे नेपाल प्रहरीले विहान ८ बजे मात्र थाहा पाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार