मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

छोरीमाथि हुने विभेद अन्त्य हुन नसकेकोप्रति सांसद बनियाको चिन्ता

Ujyalosandeshonline 11768+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

भैरहवा । लुम्बिनी प्रदेशका सांसद कन्हैया बनियाले समाजमा छोरीमाथि गरिने विभेदको अन्त्य हुन नसकेको बताएका छन् । उनले परापुर्वकालदेखि नै छोरीचेलीलाई घरको काममा केन्द्रित गराउन खोज्नुले किशोरी तथा महिला पछि परिरहेको बताए । 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा शनिबार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–३, पडरियामा ‘बृहत् र्‍याली तथा जनचेतनामूलक कार्यक्रम’ पश्चात् आयोजित कार्यक्रममा सांसद बनियाले यस्तो बताएका हुन् ।उनले यसबाट माथि उठेर त्यस क्षेत्रका किशोरीको शैक्षिक तथा स्वास्थ्य विकासका कार्यक्रम ल्याउन आफू लागिपर्ने बताए ।

‘म मधेशमा जन्मिएको मानिस, मैले हरेक दिन किशोरीले भोगिरहेका अप्ठ्यारा देखेको छु । अब पनि यस्तै स्थिति रहने हो यस क्षेत्रका किशोरी धेरै पछि पर्नेछन् ।’ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) संसदीय दल लुम्बिनी प्रदेशका उपनेता समेत रहेका बनियाले शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा मधेशका छोरीको सहभागीता न्यून रहेकाले सो संख्या बढाउन परिवार, स्थानीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । 

कार्यक्रममा उपस्थित किशोरीले समाज किशोरीमैत्री नभएको गुनासो गरेका थिए । उनीहरूले अझै पनि हिंसा, बालविवाह र दाइजो प्रथाको सिकार भएको बताए । 

कार्यक्रममा उनीहरूले सरोकारवालासँग आफूहरुमाथि अझै विभेद किन ? घरमा, आफन्तीमा, पढाइमा र समाजमा भेदभाव किन ? जस्ता प्रश्न राखेका थिए । साथै आफूले भोगेका पीडालाई नाटक, गीत र गजलमार्फत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा १ हजारभन्दा बढी किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो । लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोगमा सुनगाभा सामुदायिक विकास केन्द्र र लुम्बिनीका वडा नम्बर १, २, ३, ४, ७, १०, ११ र १२ मा सञ्चालित ३२ वटा संवाद केन्द्रले नगरपालिकाका विभिन्न ठाउँबाट र्‍यालीसमेत निकालेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै