मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |

‘मानवअधिकार उल्लंघनका दोषीले उन्मुक्ति पाउनु हुँदैन’

Ujyalosandeshonline 11002+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

काठमाडौं । द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनाका दोषीले उन्मुक्ति दिन नहुने माग विभिन्न नागरिक संस्था र द्वन्द्वपीडित समुदायले गरेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कानुन सचिव फणीन्द्र गौतमलाई सोमबार ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन् ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक भने सरकारले सहमतिको नाममा रोकेर राखेको छ । शीर्ष नेताहरुले यसलाई एकअर्काबीच सत्ता सहकार्यको गठजोडका लागि उपयोग गरेका छन् । 

संसद्मा विचाराधीन संक्रमणकालीन न्याय सम्बन्धी ऐनको संशोधन विधेयकको वैध निकास उपलब्ध गराउन ज्ञापनपत्रमा माग गरिएको छ । संशोधित प्रबन्धअन्तर्गत आयुक्तहरूको नियुक्ति र आयुक्तहरूको मातहतमा द्वन्द्वकालीन मानवअधिकार उल्लंघनको प्रभावकारी छानबिन सुनिश्चित हुनेगरी सर्वोच्च अदालतको पछिल्लो आदेश कार्यान्वयन गर्न माग गर्दै जवाफदेहिता निगरानी समिति र संस्थाहरुले ज्ञापनपत्र बुझाएका हुन् । 

समूहले सोमबार नै महान्यायाधिवक्ता डा. दिनमणि पोखरेललाई पनि भेटेर संक्रमणकालीन न्यायका सन्दर्भमा सर्वोच्च अदालतले हालै गरेको आदेश र यसका सम्भावित विकल्पहरूबारे आफ्ना धारणा राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार