मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

अध्यागमन विभाग देशको मुहार हो, सुधारका योजना ल्याउनुहोस : गृहमन्त्री

Ujyalosandeshonline 11005+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुहरुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न आग्रह गरेका छन् ।

काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागका कर्मचारीहरुसँगको भेटमा मन्त्री लामिछानेले विमानस्थलमा सहानुभूतिसहित सकारात्मक व्यवहार गरीसेवाग्राहीलाई परिवर्तनको अनुभूति दिलाउन कर्मचारीहरुलाई निर्देशन दिए ।

‘विदेशीका लागि अध्यागमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन । अध्यागमन सुधारका योजना ल्याउनुस् । मन्त्रालय निर्देशन होइन सहकार्य गर्न तत्पर छ,’ उनले भने ।

केही खराव मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको उल्लेख गर्दै लामिछानेले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्न आग्रह पनि गरे ।

अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउन, जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन चुनौती रहेपनि सुधार गर्न सकिने आधारहरु प्रश्तुत गरे ।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए ।

सो अवसरमा विभागका महानिर्देशक कोषहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार