मुख्य समाचार
जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन् | बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार | यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित | राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने | बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा | दुई दिनमा सशस्त्रले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा | क्रिकेट टोली स्वदेश फिर्ता | बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे | सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी | निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व |

भैरहवा मेलामा स्थानीय स्वाद : नितु सिंहको अर्गानिक अचारले जित्यो ग्राहकको मन

Ujyalosandeshonline 12568+ समाचार ( )
८ मंगशिर २०८२, सोमबार

भैरहवा । भैरहवामा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ मा स्थानीय उत्पादन र घरेलु परिकारले दर्शकहरूको ध्यान खिचेको छ । मेलाको स्टल नम्बर २९ मा राखिएको ‘निताको घरेलु अर्गानिक अचार’ ले विशेषगरी पारखीहरूको मन जितिरहेको छ ।

सिद्धार्थनगर नगरपालिका–३, अमरपथकी नितु सिंहले सञ्चालन गरेको यो उद्यममा अर्गानिक र मौलिक स्वादका विभिन्न अचारहरू उपलब्ध छन् । विगत ७ वर्षदेखि यस पेसामा सक्रिय सिंहले आफ्नै हातले तयार पारेका कुखुराको मासुको अचार, डल्ले खुर्सानी, तामा-डल्ले, लसुन, टिमुरको छोप, आँप, करेला, तामा र निबुको अचार स्टलमा राखेकी छिन् ।

सन्तुष्ट र आत्मनिर्भर उद्यमी

कुनै समय घरको काममा मात्र सीमित रहने नितु सिंह अहिले एक सफल व्यवसायी बनेकी छिन्। आफ्नो ७ बर्से व्यावसायिक यात्राबारे बताउँदै उनले भनिन्, "पहिला म घरमै बस्थेँ, तर अहिले यो पेसाबाट म निकै सन्तुष्ट छु । घरबाटै अचार बनाएर बेच्छु, ग्राहकहरू घरमै आएर लैजानुहुन्छ।"

यही व्यवसायबाट भएको आम्दानीले उनले आफ्नो परिवारको पालनपोषण गरिरहेकी छिन् । एकपटक अचारको स्वाद लिएका ग्राहकहरू निकै मन पराएर पुनः खोजी-खोजी आउने गरेको उनको अनुभव छ ।

सरकारी प्रोत्साहनको अभाव

आफ्नै लगानी र मेहनेतले व्यवसायलाई यहाँसम्म ल्याइपुर्याएकी सिंहले अहिलेसम्म सरकारी निकायबाट कुनै पनि अनुदान वा सेवा सुविधा नपाएको गुनासो गरिन् । साना तथा घरेलु उद्यमीहरूलाई सरकारले प्रोत्साहन स्वरूप अनुदान दिए व्यवसाय विस्तारमा सहज हुने उनको भनाइ छ ।

कहाँ पाइन्छ अचार?

हाल भैरहवामा सञ्चालित सातौं लुम्बिनी महोत्सवको स्टल नम्बर २९ मा यी अर्गानिक अचारहरू उपलब्ध छन् । मेला सकिएपछि भने ग्राहकहरूले सिद्धार्थनगर–३, अमरपथस्थित उनको निवासमै गएर पनि अचार खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार