मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

पंचकन्या रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमा विजयी

Ujyalosandeshonline 12457+ समाचार ( )
२९ वैशाख २०८३, मङ्गलबार

भैरहवा । नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जित निकालेको छ । उसले जेआर क्रिकेट क्लबलाई ३० रनले हराउँदै जित हात पारेको हो छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरमा ४२ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ६९ रन बनायो । उसका लागि कृष्ण भुसालले ३४, प्रतीक भट्टराईले २५, अमन बोहराले २१, रोशन घिमिरेले १४, मौसम ढकाल र विकल अधिकारीले समान १०–१० रन बनाए । बलिङमा जेआरका कृष्ण पन्थी, खडक बोहरा र विनय जिसीले समान २–२ तथा विशाल भुसालले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जेआरले ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ३९ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि राज खनालले ६०, विशाल भुसालले १५, रोजन कुमालले १४, गगन अधिकारीले १३ र अनमोल श्रीस थापाले ११ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा नेपथ्य तिलोत्तमाका मौसम ढकाल र कृष्ण भुसालले ३–३ तथा सन्दीप यादवले २ र आशुतोष पाण्डेले १ विकेट लिए । खेलमा कृष्ण भुसाल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।प्रतियोगिता मा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार