मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नगर प्रमुख भामले लिए ७ सय विद्यार्थीको पठनपाठन जिम्मा

Ujyalosandeshonline 12437+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

मुगु । छायाँनाथ राराका नगरप्रमुख विष्णुकुमार भामले ७ सय विद्यार्थीका पठनपाठनको जिम्मा लिएका छन् । नगरपालिकाका १४ वटै वडा समेटेर अति विपन्न परिवारका ७ सय बालबालिकालाई आफ्नो कार्यकालभरि पठनपाठनका लागि आवश्यक सामग्री सहयोग गर्ने जिम्मा लिएका हुन् ।

छायाँनाथ रारा नगरपालिकाका ४५ वटा सामुदायिक विद्यालयमा पढ्ने आधारभूत तहमा १० जना र माध्यमिकमा १५ जना गरेर अति विपन्न, दलित, गरिब ७ सय विद्यार्थी छनोट गरिएको हो । 

वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति र विद्यालयले अति विपन्न विद्यार्थी भएको भन्ने सिफारिसका आधारमा विद्यार्थीहरुलाई छनोट गरिएको नगरप्रमुख भामको सचिवालयले जनाएको छ ।

नगरप्रमुखसँग बालबालिका कार्यक्रम कार्यविधि–२०७९ जारी गरेर प्रमुख भामले विपन्नको पठनपाठनमा सघाउने योजना अघि सारेका बताएका छन् ।

‘७ सय विद्यार्थीको अभिभावकत्वका साथ उनीहरुको पढाइका लागि स्टेसनरी सामाग्री, विद्यालय पोसाक सहयोग गर्न कार्यक्रमको थालनी गरेका हौं,’ नगरप्रमुख भामले भने । 

आइतबार १०, १३ र १४ नम्बर वडाको एउटा माध्यमिक र ८ वटा आधारभूत विद्यालयका ९५ जना विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार